Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा देखियाे राैनकता, लगानीकर्ता उत्साहित !

नेप्से

बुधबार, १५ असार २०७९, १५ : २३ मा प्रकाशित

सेयर बजारमा देखियाे राैनकता, लगानीकर्ता उत्साहित !

आज (बुधबार) सेयर बजारमा सकारात्मक माहाेल देखिएकाे छ । नेप्से परिसूचकसँगै काराेबार रकम पनि वृद्धि भएकाे छ । नेप्सेमा राैनकता छाउँदा लगानीकर्ता उत्साहित छन् । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४१.३९ अंकले बढेर १९६२.७१ विन्दुमा पुगेकाे छ । नेप्से २.१५ प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ६.५५ अंकले बढेर ३७९.१५ विन्दुमा पुगेकाे छ । 

कूल २२८ वटा कम्पनीकाे ४३ लाख ८६ हजार ४ सय ३९ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ४३ करोड १४ लाख रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर बढेकाे छ । सबैभन्दा धेरै व्यापार समूह बढेकाे छ । 

बुधबार ङादी ग्रुप पावर कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ५ कराेड ४२ लाख ७६ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज २ वटा कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेड र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हाे । 

यस दिन मैलुङ खाेला जलविद्युत कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य १.९१ प्रतिशतले घटेर ४ सय ११ रूपैयाँमा झरेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको