Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल लाइफ र एनआईसी एशियाको लिलामी सेयर भर्ने आज अन्तिम माैका

अर्थ संसार

विहीबार, १६ असार २०७९, १० : ३१ मा प्रकाशित

नेपाल लाइफ र एनआईसी एशियाको लिलामी सेयर भर्ने आज अन्तिम माैका

नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड र एनआईसी एशिया बैंक लिमिटेडको लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिएकाे संस्थापक समूहकाे सेयर भर्ने आज (असार १६ गते, बिहीबार) अन्तिम दिन रहेकाे छ । 

असार ८ गते, बुधबारबाट नेपाल लाइफकाे ५ लाख ९७ हजार ९ सय २१ कित्ता र एनआईसी एशिया बैंक लिमिटेडकाे ७ लाख १९ हजार ९ सय ५० कित्ता संस्थापक समूहकाे सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिएकाे थियाे । जसमध्ये नेपाल लाइफकाे मूल्य प्रतिकित्ता न्यूनतम ७ सय रूपैयाँ र एनआईसी एशिया बैंककाे मूल्य प्रतिकित्ता न्यूनतम ४ सय रूपैयाँ ताेकिएकाे छ ।

लगानीकर्ताले दुवै कम्पनीकाे सेयरमा न्युनतम एक हजार कित्तादेखि र अधिकतममा १० ले भाग जाने गरी सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक ग्लाेबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले ग्लाेबल आइएमई क्यापिटल लिमिटेड, नक्साल, काठमाडौं र  ग्लाेबल आइएमई बैंक लिमिटेडकाे ताेकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको