Like us!
Follow us!
Connect us!
Watch us!

मिर्मिरे लघुवित्तले बुद्धज्योती लघुवित्तलाई प्राप्ती गर्ने, डाक्यो विशेष साधारण सभा

अर्थ संसार

विहीबार, १६ असार २०७९, ११ : १८ मा प्रकाशित

मिर्मिरे लघुवित्तले बुद्धज्योती लघुवित्तलाई प्राप्ती गर्ने, डाक्यो विशेष साधारण सभा

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले बुद्धज्योती लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ती गर्ने भएकाे छ । संस्थाले साेही प्रयाेजनका लागि विशेष साधारण सभा डाकेकाे छ ।

संस्थाकाे असार १५ गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे विशेष साधारण सभा असार ३१ गते, शुक्रबार हाेटल सारथी, धुलिखेल, काभ्रेपलाञ्चाेकमा बिहान ११ बजेबाट सुरू हुनेछ । 

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले बुद्धज्योती लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति (Acquisition) गर्ने, मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले बुद्धज्योती लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति (Acquisition) गर्ने प्रयोजनका लागी मूल्याङ्कनकर्ताबाट चल-अचल सम्पत्ति तथा दायित्वको मूल्याङ्कन गरि प्राप्त प्रतिवेदन (Due Diligence Audit-DDA) को आधारमा बुद्धज्योती लघुवित्त वित्तीय संस्था लिमिटेडको समायोजित सेयर मूल्यका सम्बन्धमा, मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले बुद्धज्योती लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्ने सम्बन्धमा सम्पन्न प्रारम्भिक समझदारी पत्र, सम्पत्ति तथा दायित्वको मूल्याङ्कन प्रतिवेदन (Due Diligence Audit-DDA) तथा प्राप्ति सम्बन्धमा गठित संयुक्त प्राप्ति समिति र सञ्चालक समितिले गरेका निर्णय एवं सो सम्बन्धमा भएका काम कारबाही तथा खर्चलाई अनुमोदन गर्ने प्रस्तावहरू सभामा पारित गरिनेछ । 

यसका साथै, मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले बुद्धज्योती लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति (Acquisition) गर्ने प्रयोजनको लागी गठित संयुक्त प्राप्ति समितिबाट नियुक्त सम्पत्ति तथा दायित्वको मूल्याङ्कनकर्ता एम. आर. एशोसिएट्स (चार्टर्ड एकाउण्टेण्ट्स) को नियुक्ति तथा निजको पारिश्रमिकलाई अनुमोदन गर्ने, मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले बुद्धज्योती लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरे पश्चात संस्थाको पूँजी संरचनामा हुने परिवर्तन बमोजिम पूँजी संरचना समायोजन गर्न थप शेयर (FPO) प्रिमियममा जारी गर्ने लगायतका प्रस्तावहरू पनि सभामा पारित गरिनेछ । 

त्यसैगरी, विशेष साधारण सभा प्रयाेजनका लागि संस्थाले असार २४ गते बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले असार २३ गतेसम्म नेप्सेमा काराेबार भइ कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् । 

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

62bd37a7a348a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको