Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्डले माग्यो लाइफ इन्स्योरेन्स कर्पोरेसनसंग स्पष्टिकरण

अर्थ संसार

विहीबार, १६ असार २०७९, १३ : ३५ मा प्रकाशित

धितोपत्र बोर्डले माग्यो लाइफ इन्स्योरेन्स कर्पोरेसनसंग स्पष्टिकरण

बोनस सेयर र हकप्रद वितरणको हल्लाले सेयर मूल्य उचालिएको समाचार प्रकाशित भएपछि पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपाल कम्पनी लिमिटेडसंग स्पष्टिकरण माग गरेको छ । 

कम्पनीले आकर्षक लाभांश र पूँजीबृद्धिका लागि हकप्रद जारी गर्ने हल्ला चलाएर कम्पनीको सेयर मूल्यमा केहि समूहले चलखेल गरेको समाचार अर्थसंसार डटकमले मंगलबार प्रकाशित गरेको थियो । कम्पनीको बारेमा समाचार प्रकाशित भएपछि धितोपत्र बोर्डले कम्पनीसंग स्पष्टिकरण माग गरिसकेको धितोपत्र स्रोतले जनायो । 

‘हामिले पनि सञ्चार माध्याममा समाचार आएपछि कम्पनीलाई समाचारमा आएको कुरा के कसो हो भनेर जबाफ माग गरिसकेका छौ अब कम्पनीबाट कस्तो जवाफ प्राप्त हुन्छ त्यहि अनुसार अरु प्रक्रिया अगाडी बढ्ला’ धितोपत्र बोर्ड स्रोतले भन्यो । 

संस्थापक सेयरलाई साधारण सेयरमा परिमार्जन गरेसंगै बजारमा आकर्षक लाभांश र हकप्रदको हल्ला फैपाएर लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपाल सेयर मूल्यमा चलखेल भइरहेको पाइएको हो । 

केहि महिना अघिमात्र कम्पनीको २६ लाख ५३ हजार २०० कित्ता संस्थापक सेयरलाई साधारण सेयरमा परिमार्जन गरी कम्पनीको सेयर स्वामित्व संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत कायम गरिएको थियो । त्यहि संस्थापक सेयर महंगो मूल्यमा बेच्नका लागि बजारमा बोनस र हकप्रदको हल्ला फैलाएर सेयर मूल्य उचाल्न खोजिएको लगानीकर्ताहरुको आरोप छ ।   

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको