Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार पुन: ओरालो : जानकार भन्छन् "प्रोफिट बुक गर्दा आएको करेक्सन मात्र हो"

नेप्से

शुक्रबार, १७ असार २०७९, १३ : १२ मा प्रकाशित

सेयर बजार पुन: ओरालो : जानकार भन्छन् "प्रोफिट बुक गर्दा आएको करेक्सन मात्र हो"

२ दिनदेखि बढिरहेको सेयर बजारमा आज (शुक्रबार) भने गिरावट आएको छ । साताकाे अन्तिम काराेबार दिन नेप्सेले ओरालो यात्रा तय गरेको छ ।

आजको करेक्सन अन्य कुनै पनि कारणले नभई लगानीकताहरुले नाफा बुक गरेकै कारण आएको बताउँछन् अनुभवी लगानीकर्ता प्रतिक बराल । "२ दिन बजार बढेको थियो त्यसअघि सेयर किन्नेहरुले आज राम्रो प्रोफिट बुक गर्ने अवसर पाए जसका कारण बजारमा करेक्सन देखियो जुन सामान्य पनि हो।"

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (शुक्रबार) सेयर कारोबार मापक नेप्से परिसूचक ८.८७ अंकले घटेर २०२८.७७ विन्दुमा झरेकाे छ । नेप्से ०.४४ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ३.१७ अंकले घटेर ३८८.६२ विन्दुमा झरेकाे छ । 

कूल २२० वटा कम्पनीकाे ३६ लाख ६३ हजार एक सय १० कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ४५ करोड ९३ लाख एक हजार ३ सय ८८ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ३ वटा उपसमूहकाे सेयर बढ्दा बाँकी १० वटा उपसमूहकाे सेयर घटेको छ । व्यापार, फाइनान्स र लघुवित्त समूह बढेकाे हाे ।

शुक्रबार शिवम् सिमेन्ट कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ५ कराेड ५७ लाख ४७ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज पनि २ लघुवित्तकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । आँधीखोला लघुवित्त वित्तीय संस्था लिमिटेड र सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे । 

यस दिन स्ट्यान्डर्ड चार्टर्ड बैंककाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । बैंककाे सेयरमूल्य ४.७७ प्रतिशतले घटेर ३ सय ८९ रूपैयाँ ५० पैसा झरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको