Like us!
Follow us!
Connect us!
Watch us!

कोरियामा कार्यरत नेपाली श्रमिकको पारिश्रमिक वृद्धि, न्युनतम तलब कति पुग्यो ?

पत्रपत्रिका

आइतबार, १९ असार २०७९, ०७ : ४४ मा प्रकाशित

कोरियामा कार्यरत नेपाली श्रमिकको पारिश्रमिक वृद्धि, न्युनतम तलब कति पुग्यो ?

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियामा कार्यरत नेपाल श्रमिकको मासिक पारिश्रमिक ५ प्रतिशतले वृद्धि भएको छ । कोरिया सरकारले सन् २०२३ का लागि कोरियामा कार्यरत मजदुरको न्यूनतम परिश्रमिक हाल कायम रहेको ९ हजार १६० वनमा प्रतिघण्टा ४५० वन अर्थात ५ प्रतिशत वृद्धि गरेर ९ हजार ६२० वन प्रतिघण्टा बनाएको हो ।

हालको विनिमय दर अनुसार मासिक ९ हजार १६० नेपाली रुपैयाँ वृद्धि हुनेछ । प्रवासी मजदुर संगठनका अध्यक्ष उदय राईले अब २०९ घण्टा महिनामा काम गर्ने मजदुरले महिनाको न्यूनतम ज्याला २० लाख १० हजार ५८० वन अर्थात हालको विनिमयदर अनुसार १ लाख ९५ हजार रुपैयाँ हुने जानकारी दिए ।

कोरियामा कार्यरत मजदुरको २०२३ को न्यूनतम ज्याला निर्धारण गर्न बसेको न्यूनतम ज्याला निर्धारण समितिको बैठकमा मजदुर संगठनका प्रतिनिधि सदस्य (केसीटीयू) ले न्यूनतम ज्याला प्रतिघण्टा १० हजार ८९० हुनुपर्ने प्रस्ताव गरेको थियो । कोरियाका रोजगारदाता प्रतिनिधिले श्रमिकले दाबी गरेको ज्याला वृद्धि नगर्ने अडान लिएपछि ५ प्रतिशत मात्र वृद्धि भएको हो ।

कोरियाले प्रत्येक वर्षको जुन महिनामा आउने वर्षको न्यूनतम ज्याला निर्धारण गर्ने गरेको छ । कोरियास्थित नेपाली सञ्चारकर्मी अशोक मैनालीले सेजोङस्थित सरकारी कम्प्लेक्समा बुधबार राति बसेको पूर्ण बैठकमा श्रमिक, रोजगारदाता र सरकार सहितको ९÷९ सदस्य न्यूनतम पारिश्रमिक आयोगले पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको बताए । निर्धारित नयाँ पारिश्रमिक सबै रोजगारदाताले लागू गर्नु पर्ने छ ।

कारोबार दैनिकमा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको