Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से परिसूचकसँगै बढ्यो कारोबार रकम, ६ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

नेप्से

आइतबार, १९ असार २०७९, १५ : १३ मा प्रकाशित

नेप्से परिसूचकसँगै बढ्यो कारोबार रकम, ६ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) सेयर बजारमा सकारात्मक माहाेल देखिएकाे छ । नेप्से परिसूचकसँगै काराेबार रकम पनि वृद्धि भएकाे छ । नेप्सेमा राैनकता छाउँदा लगानीकर्ता उत्साहित छन् । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक ५७.६१ अंकले बढेर २०८६.३८ विन्दुमा पुगेकाे छ । नेप्से २.८४ प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि १०.२२ अंकले बढेर ३९८.८४ विन्दुमा पुगेकाे छ । 

कूल २३१ वटा कम्पनीकाे ६२ लाख २७ हजार ६ सय ९२ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ४८ करोड ४ लाख ७३ हजार ९ सय ९९ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर बढेकाे छ । सबैभन्दा धेरै व्यापार समूह बढेकाे छ । 

आइतबार ङादी ग्रुप पावर कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे २२ कराेड २८ लाख ६९ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज ६ वटा कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । नेष्डाे समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड, सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, अपर तामाकाेशी, हिमालयन पावर पार्टनर, साञ्जेन जलविद्युत र साल्ट ट्रेडिङकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हाे । 

यस दिन ८.५ प्रतिशत बीओके डिबेञ्चर २०८६ काे मूल्य सबैभन्दा धेरै घटेकाे छ । उक्त डिबेञ्चरकाे मूल्य ९.३१ प्रतिशतले घटेर ८ सय ७१ रूपैयाँमा झरेकाे छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको