Like us!
Follow us!
Connect us!
Watch us!

मुसाले तार काट्छ भनी कतिपय कर्मचारीलाई मुसाको गोठालो लाउनुपर्ने अवस्था छ: सिडिएससी सिइओ आचार्य

अर्थ संसार

आइतबार, १९ असार २०७९, १७ : ५८ मा प्रकाशित

मुसाले तार काट्छ भनी कतिपय कर्मचारीलाई मुसाको गोठालो लाउनुपर्ने अवस्था छ: सिडिएससी सिइओ आचार्य

सिडिएस एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्यले आफ्ना कतिपय कर्मचारीलाई मुसाको गोठालो लगाउनुपर्ने अवस्था रहेकाे बताएका छन् ।

आज धितोपत्र बोर्डले राखेको नीति तथा कार्यक्रम सम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले डाटा सेन्टर राम्रो नहुँदा मेरो सेयरमा समस्या आउने र आफूहरूको पूर्वाधार पनि राम्रो नरहेको बताउँदै उनले भने, "आफ्नो भवन नभएर मुसाले तार काट्ने समस्या हुँदा कतिपय कर्मचारीहरूलाई मुसाको गोठालो लगाउनुपर्ने अवस्था छ ।"

यस्तै अहिले कतिपय कम्पनी तथा मर्चेन्ट बैंकहरूले भिडियो केवाईसी अर्थात् भिडियोबाट खाता खोल्ने काम गरिरहेका बताउँदै उनले धितोपत्र बोर्डले यस सम्बन्धी नीति बनाउनुपर्ने बताएका छन् ।

कार्यक्रममा बाेल्ने क्रममा उनले लाभांश वितरण गर्दा कम्पनीहरूले कर बापतकाे रकम नतिरिदिँदा लगानीकर्ताहरूलाई असहज भएको पनि औँल्याएका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको