Like us!
Follow us!
Connect us!
Watch us!

‘बिओ टु बिओ' सेयर ट्रान्सफर प्रणालीले बजार घटाउने भन्दै अफवाह !

अर्थ संसार

शनिबार, १२ फागुन २०८०, १९ : २३ मा प्रकाशित

‘बिओ टु बिओ' सेयर ट्रान्सफर प्रणालीले बजार घटाउने भन्दै अफवाह !

सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले ल्याउने तयारी गरेको अनलाइन मार्फतको  ‘बिओ टु बिओ सेयर ट्रान्सफर’ अब ‘अनलाइन प्रणालीका कारण बजारमा सेलिङ्ग आउने र बजार घट्ने अफवाहहरू फैलाएको पाइएको छ। 

यो प्रणाली आउने बित्तिकै ब्रोकरले सेयर लगानीकर्तालाई दिएको उधारो बन्द हुने कारण उधोरोमा किनिएका सेयरका बिक्री आउने र बिक्री चापले बजार घट्ने अफवाहहरू बजारमा फैलिएको छ। 

आखिर के हो ‘बिओ टु बिओ सेयर ट्रान्सफर’ प्रणाली ?

सिडिएससीले ल्याउने तयारी गरेको अनलाइन मार्फतको  ‘बिओ टु बिओ सेयर ट्रान्सफर’ भनेको लगानीकर्ताले आफ्नो एक सेयर खाता (डिम्याट अकाउन्ट) रहेका सेयर आफैंले एउटाबाट अर्कोमा सेयर सार्न पाउने सुविधा मात्र हो। 

यो प्रणालीले सेयरलगानीकर्तालाई आफ्नो भएका सेयरहरु व्यस्थापन गर्न झन् सजिलो बनाउने छ र हाल रहेको झन्झट पूर्ण व्यवस्थालाई सरल बनाउने छ। अहिले लगानीकर्ताले मर्चेन्ट बैंकर ओर ब्रोकरको डिम्याट अकाउन्टमा रहेको सेयर आफ्नो अर्को खातामा सार्न परेमा मर्चेन्ट बैंकर वा ब्रोकरमा पुगेर एउटा फारम भर्नुपर्छ र सिडिएससीमा पुर्‍याएर प्रमाणित गरेपछि मात्रै सेयर खरिद गरेको व्यक्तिको खातामा सार्न सकिन्छ। यो प्रणालीले लगानीकर्तालाई सजिलो नै बनाउने देखिएको छ। 

के यो प्रणालीले बजारमा घटाउछ ?

यो प्रणाली र बजारमा कुनै सम्बन्ध नै रहेको छैन। यो केबल सेयर लगानीकर्ताले पाउन लागेको सुविधा मात्रै हो। एकले आफ्नो एक बैंक खाताबाट अर्को खातामा पैसा पठाउनु जस्तै हो यो सुविधा। 

ब्रोकरको दिने उधारो बन्द होला ?

सेयर दलाल ब्रोकरले उधारो किन बेचका सुविधा उसले केबल आफ्ना विश्वसनीय ग्राहकहरुलाई मात्र दिने गरेको छ।  लगानीकर्ताले गर्ने किनबेचको कमिसनमा ब्रोकरलाई आम्दानी नै हुने र केहि दिनको उधारो उसको आम्दानी बढ्ने हुँदा ब्रोकरले यो लगानीकर्तालाई आफ्नो व्यापारको फाइदालाई दिएको हुन्छ। 

 ‘बिओ टु बिओ सेयर ट्रान्सफर’ले उधारो बन्द हुन्छ भन्ने प्रश्नमा एक ब्रोकरका संचालकले भने, ' ब्रोकरले आफ्ना नियमित ग्राहकलाई दिन दिनै हिसाब मिलाउ भन्न व्यावहारिक हुदैन, कहिले केहि रकम लिन पर्ने होला कहिले दिन पर्ने होला ,रकम नदिई राफसाफ प्रक्रिया रोक्न मिल्दैन।'

उनले थपे, 'उधारो सानो तिनो त किराना पसलमा पनि हुन्छ, तेस्तै हो ब्रोकरमा पनि, बरु यसप्रणालीले हामीलाई थोरै सजक मात्र हुने पर्ने देखाउंछ, बिओ टु बिओ सेयर ट्रान्सफर भएको दिन सेयर बेच्न मिल्दैन, दुई डिम्याट चलाउने लगानीकर्तालाई फाइदा नै होला। '

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको