Like us!
Follow us!
Connect us!
Watch us!

तीव्र भाेलाटायल भएकाे बजारमा ४ महिना यताकै उच्च काराेबार

नेप्से

सोमबार, २० असार २०७९, १५ : १७ मा प्रकाशित

तीव्र भाेलाटायल भएकाे बजारमा ४ महिना यताकै उच्च काराेबार

सेयर बजारमा आज (साेमबार) फेरि गिरावट आएको छ । हिजाे सकारात्मक माहाेल देखिएकाे बजारमा आज भने तीव्र उतारचढाव देखिएकाे छ । अन्तिम चरणमा नेप्से परिसूचक घट्दा काराेबार रकम भने ४ महिना यताकै उच्च छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक ९.७५ अंकले घटेर २०७६.६७ विन्दुमा झरेकाे छ । नेप्से ०.४७ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि २.६८ अंकले घटेर ३९६.१५ विन्दुमा झरेकाे छ । 

कूल २३४ वटा कम्पनीकाे एक कराेड ९ लाख ८१ हजार ५ सय ९१ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ३४ करोड ९२ लाख ७३ हजार ५ सय ९३ रूपैयाँ २१ पैसा बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । याे काराेबार रकम ४ महिना यताकै सर्वाधिक हाे ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ४ वटा उपसमूहकाे सेयर बढ्दा बाँकी ९ वटा उपसमूहकाे सेयर घटेको छ ।

साेमबार शिवम् सिमेन्ट कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे १७ कराेड ५८ लाख ८३ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज २ कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र ङादी ग्रुप पावर कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे । 

यस दिन ग्लाेबल आईएमइ डिबेञ्चर २०८६/८७ काे मूल्य सबैभन्दा धेरै घटेकाे छ । उक्त डिबेञ्चरकाे मूल्य ९.७५ प्रतिशतले घटेर ८ सय ३३ रूपैयाँमा झरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको