Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्री बर्खास्त गर्न तिब्र दबाब, आन्तरिक छलफलमा प्रधानमन्त्री

अर्थ संसार

मंगलबार, २१ असार २०७९, ०८ : ५३ मा प्रकाशित

अर्थमन्त्री बर्खास्त गर्न तिब्र दबाब, आन्तरिक छलफलमा प्रधानमन्त्री

एकपछि अर्को विवादमा मुछिएका अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न प्रधानमन्त्री शेर बहादुर देउवालाई तिब्र तवाव परेको छ । प्रतिपक्ष दल देखि सत्तापक्षका नेताहरुले समेत अर्थमन्त्रीको बर्खास्तीका लागि प्रधानमन्त्रीलाई दबाब दिइरहेका छन् । 

नेकपा एमाले नेता एबं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारको प्रतिनिधीसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धक जोगाउनकै लागि अर्थमन्त्रीको संरक्षण गरेको आरोप समेत लगाएका थिए । 

त्यस्तै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले समेत अर्थमन्त्रीलाई पदबाट हटाएर छानबिनको माग गरेका छन् । 'अब अहिले अर्थ मन्त्रालयले सिसिटिभी फुटेज जम्मा १३ दिनको छ भनेपछि, मलाई के लाग्छ भने तत्काल प्रधानमन्त्रीले यसका बारेमा एउटा एक्सनमा जानु पर्छ। यत्रो संसदमा उठ्यो, बाहिर उठ्यो, हो होइन म जान्दिन, यो विषय उठिसकेपछी मैले बुझेको कि अहिले अर्थमन्त्रीले राजिनामा दिनुपर्छ, कि प्रधानमन्त्रीजीले उहालाई हटाउनुपर्छ र तत्काल छानबिन गर्नुपर्छ' थापाले भने । 

बजेट प्रस्तुत गर्नु अघिल्लो रात अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराई करका दर हेरफेर गरेर बजेट निर्माण गरेको भन्दै अर्थमन्त्री शर्माको निरन्तर आलोचना भइरहेको छ । त्यससँग सम्बन्धित प्रमाण (सीसीटीभी फुटेज) नै नष्ट भइसकेको सूचना अर्थ मन्त्रालयको योजना, अनुगमन तथा मूल्यांकन महाशाखाबाटै आइतबार आएपछि शर्मामाथि आफैं प्रमाण मेटाउनतिर लागेको थप आरोप लागेको छ ।

अहिले यो विषयलाई लिएर सामाजिक सञ्जालहरुमा समेत अर्थमन्त्री शर्माको चर्को आलोचना हुन थालेको छ । अर्थमन्त्रीका बिषयमा चौतर्फी दबाबमा परेपछि प्रधानमन्त्री देउवाले आन्तरिक छलफल सुरु गरेका छन् । 'प्रधानमन्त्री यो बिषयमा एकदमै गम्भिर हुनुहुन्छ यस बिषयमा छिट्टै केहि निर्णय आँउला सत्ता गठबन्धनको सरकार भएकाले पनि एक्सन लिन केहि ढिला भएको हो' प्रधानमन्त्री निकट स्रोतले भन्यो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको