Like us!
Follow us!
Connect us!
Watch us!

५० प्रतिशत मूल्य घट्दा पनि सेयर होल्ड गरेर बसेकी छु, फेरी बढ्ने विश्वास छ : नायिका पुजा शर्मा

अर्थ संसार

मंगलबार, २१ असार २०७९, १३ : २३ मा प्रकाशित

५० प्रतिशत मूल्य घट्दा पनि सेयर होल्ड गरेर बसेकी छु, फेरी बढ्ने विश्वास छ : नायिका पुजा शर्मा

अभिनेत्री तथा नायिका पुजा शर्माले आफूले किनेको सेयरमूल्य ५० प्रतिशत घट्दा समेत होल्ड गरेर बसेको बताएकी छिन् । एक अन्तरवार्तामा कुराकानी गर्ने क्रममा उनले आफूले सेयर बजारमा लगानी गरेको र अहिले बजार घट्दा आफ्नो पनि पोर्टफोलियो करिव ५० प्रतिशतले घटेको बताएकी हुन् । 

‘अहिले मेरो पोर्टफोलियो करिव ५० प्रतिशतले घटिसकेको छ तर पनि म यसलाई नराम्रो भन्दिँन’ उनले भनिन् ‘अहिले हामीले उक्त सेयर बेचेका छैनौँ होल्ड गरेर बसेका छौँ मेरो सेयर त घटेको छैन मूल्य मात्र घटेको हो त्यो पक्कै पनि एकदिन त बढ्ला मार्केटले सबैलाई राम्रो भएको थियो तर अहिले विभिन्न संकटका कारण बजार घटेको छ फेरी बढ्ला ।’

‘आफू नै बजारमा संलग्न भएपछि मैले कतिपय सेयर मार्केट रिलेटेड बहसहरु पनि हेर्ने गरेकी छु । हिजो अस्ती २-४ दिन बजार बढ्दा एकदमै खुसी लागेको थियो’ उनले भनिन् । उनले बजारमा आफूले लगानी गरेपनि प्रत्यक्ष रुपमा आफैँले सेयर किनबेच भने नगर्ने बताइन् । ‘दिनमा कतिको मूल्य बढ्यो र घट्यो भन्ने कुरा चाँही म हेर्छु तर कुन कम्पनी किन्ने कुन बेच्ने भन्ने मलाई थाहा हुँदैन मेरो मान्छेले नै कारोबार गरिदिनु हुन्छ उनले भनिन् ।’ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको