Like us!
Follow us!
Connect us!
Watch us!

राजनीतिक तरङ्गकाे प्रभाव सेयर बजारमा : नेप्से परिसूचकसँगै घट्याे काराेबार रकम

नेप्से

मंगलबार, २१ असार २०७९, १५ : ०२ मा प्रकाशित

राजनीतिक तरङ्गकाे प्रभाव सेयर बजारमा : नेप्से परिसूचकसँगै घट्याे काराेबार रकम

सेयर बजारमा आज (मंगलबार) पनि गिरावट देखिएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि घट्दा कारोबार भएका १३ वटै उपसमूह ओरालो लागेका छन् । 

राजनीतिक तरङ्गकाे प्रभाव सेयर बजारमा देखिएकाे छ । एकपछि अर्को विवादमा मुछिएका अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न चाैतर्फी दबाब देखिएकाे छ । अर्थमन्त्रीकाे बर्खास्त हाेला की नहाेला, अर्थमन्त्री बर्खास्त भए नयाँ अर्थमन्त्रीकाे रूपमा काे प्रवेश गर्ला भन्ने कुराले लगानीकर्ताहरूबीच अन्याैलता छाएकाे छ । बजेट प्रस्तुत गर्नु अघिल्लो रात अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराई करका दर हेरफेर गरेर बजेट निर्माण गरेको भन्दै अर्थमन्त्री शर्माको निरन्तर आलोचना भइरहेको छ । त्यससँग सम्बन्धित प्रमाण (सीसीटीभी फुटेज) नै नष्ट भइसकेको सूचना अर्थ मन्त्रालयको योजना, अनुगमन तथा मूल्यांकन महाशाखाबाटै आइतबार आएपछि शर्मामाथि आफैं प्रमाण मेटाउनतिर लागेको थप आरोप लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४६.०८ अंकले घटेर २०३०.५९ विन्दुमा झरेकाे छ । नेप्से २.२२ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ८.७१ अंकले घटेर ३८७.२३ विन्दुमा झरेकाे छ । 

कूल २२९ वटा कम्पनीकाे ८६ लाख १३ हजार ४ सय ८९ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ९६ करोड ८४ लाख ८५ हजार २ सय २४ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । 

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर घटेको छ ।

मंगलबार सानिमा बैंक लिमिटेडकाे संस्थापक सेयरकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे संस्थापक सेयरकाे ३० कराेड २० लाख रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज पनि २ कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र ङादी ग्रुप पावर कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे । 

यस दिन घलेम्दी हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ६.६० प्रतिशतले घटेर २ सय ११ रूपैयाँमा झरेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको