Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन बैंक र सिभिल बैंक मर्जरमा जाने पक्का, आज समझदारी पत्रमा हस्ताक्षर

अर्थ संसार

बुधबार, २२ असार २०७९, ०८ : ४० मा प्रकाशित

हिमालयन बैंक र सिभिल बैंक मर्जरमा जाने पक्का, आज समझदारी पत्रमा हस्ताक्षर

हिमालयन बैंक र सिभिल बैंकका बिचमा मर्जरमा जाने सम्बन्धी सहमति अन्तिम चरण पूगको छ । सम्भवत आज बुधबार दुई बैंकका बिचमा मर्जरको अन्तिम सम्झौता हुनेछ । 

बैंकका एक सञ्चालकका अनुसार दुई बैंकका बिचमा करिब करिब सहमति भइसकेको छ, सम्भवत आज बुधबार नै दुई बैंकका बिचमा मर्जरको समझदारी पत्र (एमओयू) हुने छ, स्वाप रेसियो र नामका बिषयमा करिब करिब सहमति जुटीसकेको छ दुवै बैंकलाई विन विन हुनेगरी मर्जर हुने छ । 

बिगतमा हिमालयन बैंकको नेपाल इन्भेष्टमेन्ट बैंंकसंग मर्जर प्रक्रिया टुटेको थियो । इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक बीचको २०७८ साल वैशाख ३० गते भएको मर्जर सम्झौता हिमालयन बैंकले अस्वीकृत गरेको थियो । हिमालयन बैंकको पुस ३० गतेको वार्षिक साधारण सभाले मर्जरमा जाने प्रस्ताव अस्वीकृत गरेको थियो । 

हिमालयनसँग मर्जर टुटेपछि हिमालयन बैंकको विभिन्न बैंकहरुसंग मर्जरका लागि छलफल भइरहेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको