Like us!
Follow us!
Connect us!
Watch us!

श्रममन्त्री कुँवर र युएइका राजदुत नक्विबीच भेटवार्ता, दुई देशबीचको सम्बन्ध मजबुद्ध बनाइने

अर्थ संसार

बुधबार, २२ असार २०७९, १६ : ५१ मा प्रकाशित

श्रममन्त्री कुँवर र युएइका राजदुत नक्विबीच भेटवार्ता, दुई देशबीचको सम्बन्ध मजबुद्ध बनाइने

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबादुर कुँवर र नेपालका लागि संयुक्त अरब इमिरेटस (युएइ) का राजदुत साइद अल नक्विबीच भेटवार्ता भएको छ । राजदुत नक्वि मन्त्री कुँवरलाई भेट्न बुधबार मन्त्रालय पुगेका थिए ।

उनीहरुबीच नेपाल र युएईबीचको सम्बन्ध अझै मजबुद्ध बनाउने विषयमा छलफल भएको छ । युइएमा काम गर्ने नेपाली श्रमिकका समस्यालाई सहजिकरण गर्ने विषयमा पनि कुराकानी भयो । राजदुत नक्विलाई मन्त्री कुँवरले युएइबाट कामदारको विषयमा कुनै नयाँ प्रस्ताव आएमा दुई देशबीच आपसमा सरसल्लाह गरेर अगाडी बढ्ने जानकारी गराएका थिए । साथै उनले संयुक्त अरब इमिरेटसका ठुला लगानीकर्ताहरुलाई नेपालको पर्यटन उद्योग, हाइड्रोपावर, चिकित्सा शिक्षा, इजिनियरिङ र सेवा क्षेत्रमा लगानी गर्न आव्हान समेत गरेका छन् ।

भेटमा मन्त्री कुँवरले केही समयपछि युएइका मन्त्रीलाई नेपाल भ्रमणमा आउनका लागि निमन्त्रणा पठाउने जानकारी गराएका छन् । युएइका मन्त्रीलाई नेपाल भ्रमणमा बोलाएर त्यहाँ रहेका नेपाली कामदारका समस्या र न्यायको क्षेत्रमा विस्तृत रुपमा छलफल गर्ने योजना भएको मन्त्री कुँवरले बताए ।

युएईका राजदुत नक्विनले आफुलाई समय दिएर भेटवार्ता गर्ने अवसर दिएकोमा मन्त्रीलाई धन्यवाद दिएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको