Like us!
Follow us!
Connect us!
Watch us!

बाढीपहिरोले ब्यापक क्षति गरेपछि कार्यवाहक प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

अर्थ संसार

आइतबार, १३ असोज २०८१, ०७ : २० मा प्रकाशित

बाढीपहिरोले ब्यापक क्षति गरेपछि कार्यवाहक प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

बाढीपहिरोले ब्यापक क्षति गरेपछि कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन्।

बैठक आज आइतबार दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सिंहदरबारमा बस्ने छ। बाढीपहिरो एवं विपद्, उद्धार, धनजनको क्षति र राहतका विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरिएको हो। 

बाढीपहिरो र डुबानले गर्दा देशभरको जनजीवन प्रभावित भएको छ। हालसम्म एक सय जना जनाको मृत्यु भएको छ। ६७ जना बेपत्ता भएका छन्। एक सय एक जना घाइते भएका छन्। सडक, पुलपुलेसा पनि भत्किएका छन्। 

कार्यवाहक प्रधानमन्त्री सिंहले शनिबार गृहमन्त्री रमेश लेखक, सुरक्षा अंगका प्रमुखहरु, मुख्यसचिव, सचिवलगायतबाट देशभरको विपद्को अवस्थाबारे जानकारी लिएका थिए। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको