Like us!
Follow us!
Connect us!
Watch us!

आँधीखोला र सीवाईसी नेपाल लघुवित्तबीच मर्जर सम्झौता

अर्थ संसार

बुधबार, २२ असार २०७९, २२ : २६ मा प्रकाशित

आँधीखोला र सीवाईसी नेपाल लघुवित्तबीच मर्जर सम्झौता

आँधीखोला लघुवित्त र सीवाईसी नेपाल लघुवित्त बीच मर्जर सम्झौता सम्पन्न भएको छ ।

बुधबार एक कार्यक्रामका बीच यी दुई संस्थाले मर्जरमा जाने सम्झौता गरेका छन्। प्रारम्भिक सहमति अनुसार १००:७० को स्वापमा मर्जरमा जाने भएको हो ।  आंधीखोला लघुवित्तको १०० कित्ता सेयर हुनेले मर्जरपछि बन्ने कम्पनीको ७० कित्ता  पाउने छन् । अन्तिम स्वाप भने डिडिएपछि तय हुने कम्पनीले जनाएको छ ।

आँधिखोला लघुवित्तको मर्जरको  विगत इतिहास भने राम्रो छैन। यस अगाडी धौलागिरि लघुवित्तसँग मर्जमा जाने सम्झौता भाडिएको थियो। भखरै अर्थात जेठ २७ गतेदेखि कम्पनीको सेयर कारोबार फुकुवा भएकोमा  फेरि मर्जर सम्झौताका कारण कारोबार रोक्का हुने भएको छ।  हाल कम्पनीको चुक्ता पुँजी ११ करोड ९० लाख रहेको छ भने भखरै आईपिओ जारी गरेको सीवाईसी नेपाल लघुवित्तको चुक्ता पुँजी १२ करोड १६ लाख रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको