Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा थप २ लघुवित्तको सेयर काराेबार राेक्का

अर्थ संसार

विहीबार, २३ असार २०७९, १० : ५६ मा प्रकाशित

नेप्सेमा थप २ लघुवित्तको सेयर काराेबार राेक्का

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेड र सीवाईसी नेपाल लघुवित्तकाे सेयर काराेबार राेक्का गरिएकाे छ । आँधीखोला लघुवित्त र सीवाईसी नेपाल लघुवित्त बीच हिजाे (असार २२ गते, बुधबार) मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता सम्पन्न भएकाे थियाे ।

त्यसैले, बैंक तथा वित्तिय संस्था एक आपसमा गाभिने (मर्जर) तथा प्राप्ति सम्बन्धि विनियमावली, २०७३ काे विनियम ६(१) बमाेजिम आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेड र सीवाईसी नेपाल लघुवित्तकाे सेयर काराेबार आज (असार २३ गते, बिहीबार) बाट राेक्का राखिएकाे नेप्सेले जनाएकाे छ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

62c670a36a67e.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको