Like us!
Follow us!
Connect us!
Watch us!

आँधिखोला लघुवित्तले बढायो मुनाफा

अर्थ संसार

शुक्रबार, २० साउन २०७९, १० : ३१ मा प्रकाशित

आँधिखोला लघुवित्तले बढायो मुनाफा

आँधिखोला लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिमा संस्थाको खुद नाफा ११.०१% ले बढेर ४ करोड ५५ लाख ७८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यसले ४ करोड १० लाख ५७ हजार रुपैयाँ नाफा कमाएको थियो । यसको खुद ब्याज आम्दानी सामान्य बढेको छ ।

सञ्चालन नाफा भने ३५% ले बढेको छ । खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै वृद्धि हुँदा यसको सकारात्मक प्रभाव खुद मुनाफामा परेको हो । यो लघुवित्तले १ करोड १६ लाख १८ हजार रुपैयाँ राइट ब्याक गरेको छ जुन अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा ४६२% ले धेरै हो । राइट ब्याकले पनि यसको नाफा बढ्न सहयोग गरेको छ ।

असार मसान्तसम्म आइपुग्दा आँधिखोलाको रिजर्भ कोष ३४.९५% ले बढेको छ । यसको रिजर्भमा १० करोड ८२ लाख ४ हजार रुपैयाँ जम्मा भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रिजर्भमा ८ करोड १ लाख ८१ हजार रुपैयाँ जम्मा भएको थियो । यसको कस्ट अफ फन्ड भने बढेको छ । प्रतिसेयर आम्दानी ४५ रुपैयाँ ५८ पैसा रहेको यसको प्रतिसेयर नेटवर्थ भने २०८ रुपैयाँ २० पैसा छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको