Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा AKBSLको कारोबार आजबाट गर्न सकिने

अर्थ संसार

मंगलबार, ०५ पुस २०७९, ०७ : ४४ मा प्रकाशित

नेप्सेमा AKBSLको कारोबार आजबाट गर्न सकिने

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे काराेबार फुकुवा गरेकाे छ । नेप्सेले आधारभूत सेयरधनीबाहेकको सेयरधनीहरूको सेयर कारोबार फुकुवा गरेको हो ।

नेपाल धितोपत्र बोर्डले जारी गरेको 'धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने /गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ ' बमोजिम काराेबार फुकुवा गरिएकाे नेप्सेले जनाएकाे छ । याेसँगै आज अर्थात् मंगलबारबाट दाेश्राे बजारमा कम्पनीकाे काराेबार खुल्नेछ ।  

नेप्सेमा आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेड र सीवाईसी नेपाल लघुवित्त बिचको मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता सम्पन्न भएपछि कारोबार रोक्का भएको थियो।  

सूचना हेर्नुहाेस् :

 

63a117f565659.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको