Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकले पाए मर्जरका लागि राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति

अर्थ संसार

विहीबार, २३ असार २०७९, ११ : ०३ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकले पाए मर्जरका लागि राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेडले मर्जर प्रयोजनको लागि नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त गरेका छन् ।राष्ट्र बैंकले हिजाे (असार २२ गते, बुधबार) सैद्धान्तिक सहमति प्रदान गरेकाे हाे ।

दुवै बैंकबीच जेठ २७ गते, शुक्रबार मर्जर सम्झाैता भएकाे थियाे । यी बैंक १००ः९० को सेयर स्वाप अनुपातमा मर्जर जाने सम्झौता भएको हाे । 

मर्जर पछि बैंकको नाम “ नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड” हुने र सञ्चालक समितिको अध्यक्षको रुपमा  पृथ्वी बहादुर पाँडे तथा प्रमुख कार्यकारी अधिकृतको रुपमा  ज्योती प्रकाश पाण्डे रहने सहमति भएको छ । 

हाल मेगा बैंकको चुक्तापुँजी १६ अर्ब १२ करोड रुपैयाँ रहेको छ । इन्भेष्टमेन्ट बैंकको चुक्तापुँजी १८ अर्ब ३० करोड रुपैयाँ रहेको छ।  मर्जरपछि बैंकको चुक्तापुँजी ३२ अर्ब रुपैयाँ पुग्नेछ। मर्जरपछि देशको सबैभन्दा ठूलो बैंक बन्नेछ ।  

62c66ea16522c.jpg 62c66eaa7f5a0.jpg 62c66eb6c1af5.jpg 62c66ebf06913.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको