Like us!
Follow us!
Connect us!
Watch us!

तरलता सहज बनाउन सीसीडी रेसियो नै लागू गर्न सिबिफिनले दियो सुझाव

अर्थ संसार

विहीबार, २३ असार २०७९, १३ : ४४ मा प्रकाशित

तरलता सहज बनाउन सीसीडी रेसियो नै लागू गर्न सिबिफिनले दियो सुझाव

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल ९सिबिफिन० ले तरलता सहज बनाउन आगामी मौद्रिक नीति मार्फत् सीसीडी रेसियो नै लागू गर्न सुझाव दिएको छ ।

सिबिफिनले आज बिहीबार नेपाल राष्ट्र बैंकमार्फत आर्थिक वर्ष २०७९र८० को लागि तर्जुमा हुँदै गरेको मौद्रिक नीतिका विषयमा सम्बन्धित निकायमा पेश गरेको सुझावहरुको बारेमा जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरेको थियो । 

सोही सम्मेलनमा सिबिफिनले आगामी मौद्रिक नीतिमा समग्र अर्थतन्त्र र बैंक तथा वित्तीय क्षेत्रमा परेको दबाबलाई न्यूनीकरण गर्न सीडी रेसियोको अनुपात ९५ प्रतिशत पुर्याउनुपर्ने मागसहितको २७ बुँदे सुझाव पठाइएको जानकारी गराएको छ । 

सिबिफिनकाे सुझावकाे बुँदा नम्बर २ काे हुनुपर्ने व्यवस्था अन्तर्गत भनिएकाे छ, "समग्र अर्थतन्त्र र बैंक तथा वित्तीय क्षेत्रमा परेकोको दवावलाई न्यूनिकरण गर्न CD Ratio को अनुपात ९५% पुयाइनेछ । यसरी CD Ratio को अनुपातमा ५% ले बढाउँदा हुन आउने रकम उत्पादनमूलक क्षेत्रमा अनिवार्य रुपमा कर्जा सुविधा उपलब्ध गराउनुपर्ने शर्तसहितका व्यवस्थाहरु गरिनेछ। वा कोभिड-१९ को मारबाट तङ्ग्रिँदै गरेको अर्थतन्त्र र आगामी दिनमा लगानीमा पर्ने दवावलाई मध्यनजगर नगर्दै आगामी १ वर्षका लागि उल्लेखित व्यवस्था स्थगन गरी पूर्ववत CCD Ratio को व्यवस्था नै लागू गरिनेछ।"

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको