Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्स्योरेन्सको २१ लाख कित्ता सेयर बिक्रिमा, न्यूनतम मूल्य कति ?

अर्थ संसार

शुक्रबार, २४ असार २०७९, ०६ : ३८ मा प्रकाशित

नेपाल इन्स्योरेन्सको २१ लाख कित्ता सेयर बिक्रिमा, न्यूनतम मूल्य कति ?

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको २१ लाख ५७ हजार ६१५ सय कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले संस्थाले उक्त सेयरहरू बिक्री गर्न लागेको हो ।

कम्पनीले आईएमई लिमिडेट, आईएमई इन्भेष्टमेन्ट र आईएमई होल्डिङको नाममा रहेको उक्त संस्थापक सेयर बिक्रि गर्न लागेको हो । उक्त सेयरको न्यूनतम मूल्य ३२५ रुपैयाँ प्रतिकित्ता तोकिएको छ । अब आवदेकले न्यूनतम ३२५ वा सो भन्दा बढि मूल्य सहित आवेदन दिन सक्नेछन् । 

कम्पनीको सञ्चालक समितिबाट बीमकको संस्थापक सेयर कारोबार सम्बन्धी निर्देशिका २०७७ बमोजिम नियम अनुसार बिक्री प्रक्रिया अघि बढाउने निर्णय भएकोले उक्त संस्थापक सेयरहरु खरीद गरी लिन इच्छुक हाल कायम यस कम्पनीका संस्थापक सेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने व्यवस्था रहेकोले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर कम्पनीको केन्द्रिय कार्यालय मैतिदेवी, काठमाण्डौंमा के कति सेयर खरीद गरी लिनुहुने हो सोको व्यहोरा खुलाई निवेदन दिन आग्रह गरेको हो ।

त्यसैगरी, तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाउने पनि कम्पनीले जनाएको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको