Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेको ओरालो यात्रामा निरन्तरता, पर्ख र हेरको अवस्थामा लगानीकर्ता

नेप्से

शुक्रबार, २४ असार २०७९, १३ : ०४ मा प्रकाशित

नेप्सेको ओरालो यात्रामा निरन्तरता, पर्ख र हेरको अवस्थामा लगानीकर्ता

साताकाे अन्तिम काराेबार दिन आज (शुक्रबार) पनि सेयर बजारको ओरालो यात्रामा निरन्तरता देखिएकाे छ । यतिबेला लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा देखिएका छन् । लगानीकर्ताहरू मौद्रिक नीति कुर्दै बसिरहेका छन् । मौद्रिक नीतिमा केही नीतिगत परिवर्तन हुनसक्ने कुराले अहिले लगानीकर्ताहरूले यही गर्ने भनेर ठाेस निर्णय लिन नसकेकाे अवस्था बजारमा देखिएकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (शुक्रबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३४.७१ अंकले घटेर १९९२.६१ विन्दुमा झरेकाे छ । नेप्से १.७१ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ५.६१ अंकले घटेर ३७९.८८ विन्दुमा झरेको छ । 

कूल २१७ वटा कम्पनीकाे ३० लाख ६३ हजार ४ सय ५३ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब १६ करोड ८४ लाख ४२ हजार ४ सय ४४ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै वटा उपसमूहकाे सेयर घटेको छ । सबैभन्दा धेरै हाेटल तथा पर्यटन समूह घटेकाे छ । 

त्यसैगरी, शुक्रबार काराेबार रकममा शिवम् सिमेन्टले अग्रता कायम गरेकाे छ । कम्पनीकाे ५ कराेड ५९ लाख ८३ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

आज ग्लोबल आईएमई सम्मुनत योजना १ काे मूल्य सबैभन्दा धेरै बढेकाे छ । उक्त फण्डकाे मूल्य २.८२ प्रतिशतले बढेर ९ रूपैयाँ ८५ पैसा पुगेकाे छ ।

यस दिन हिमालयन उर्जा कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ५.४४ प्रतिशतले घटेर २ सय २६ रूपैयाँमा झरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको