Like us!
Follow us!
Connect us!
Watch us!

प्रतिनिधिसभा बैठक : नागरिकतासम्बन्धी विधेयक फिर्ता लिइएकोमा असन्तुष्टि

अर्थ संसार

शुक्रबार, २४ असार २०७९, १६ : ५९ मा प्रकाशित

प्रतिनिधिसभा बैठक : नागरिकतासम्बन्धी विधेयक फिर्ता लिइएकोमा असन्तुष्टि

नागरिकतासम्बन्धी विधेयक फिर्ता लिन लागिएकोमा सांसदहरुले असन्तुष्टि व्यक्त गरेका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा उक्त विधेयक सरकारले फिर्ता लिने विषय समावेश छ ।

बैठकको शून्य समयमा सांसद विमला विकले सरकारले के कारणले उक्त विधेयक फिर्ता लगेको ? प्रश्न गर्दै असन्तुष्टि जनाइन् । यसैगरी, सांसद भरतकुमार साहले सो विधेयक फिर्तापछि अर्को नयाँ विधेयक चाँडो ल्याएर पारित गराउन माग गरे ।

शून्य समयमा सांसदले बाढी पहिरो नियन्त्रण र राहत दिइनुपर्ने, विद्यालयका पाठ्यपुस्तक समयमा उपलब्ध हुनुपर्ने र किसानले रासायनिक मल पाउनुपर्ने, कमलबजार विमानस्थल बन्नुपर्ने, हुम्लामा छिटो खाद्यान्न उपलब्ध हुनुपर्ने विषयमा ध्यानाकर्षण गराए ।

उनीहरुले काठमाडौंको दक्षिणकाली क्षेत्रको सडक सुधार हुनुपर्ने,  धरान धनकुटा सडक व्यवस्थित गर्नुपर्ने, विदेशी मुद्राको सञ्चिति वृद्धि गर्नुपर्ने, माथिल्लो अरुणको बाँध जाने बाटो सुधार हुनुपर्नेमा जोड दिए ।

शून्य समयमा सांसद भीमसेनदास प्रधान, मीना सुब्बा, मीन विश्वकर्मा, यज्ञबहादुर बोगटी, यशोदा गुरुङ सुवेदी, रङ्गमती शाही, राजेन्द्रकुमार केसी, राजेन्द्रकुमार राई, राजेन्द्रप्रसाद गौतम, रामबहादुर विष्ट, रेणुका गुरुङले धारणा राखेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको