Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल एसबीआई बैंककाे ऋणपत्र भर्ने म्याद थप, अब कहिलेसम्म भर्न पाइन्छ ?

अर्थ संसार

आइतबार, २६ असार २०७९, १० : ३९ मा प्रकाशित

नेपाल एसबीआई बैंककाे ऋणपत्र भर्ने म्याद थप, अब कहिलेसम्म भर्न पाइन्छ ?

नेपाल एसबीआई बैंक लिमिटेडले असार २२ गते, बुधबारबाट निष्कासन तथा बिक्री खुल्ला गरेकाे ऋणपत्रमा आवेदन दिने म्याद थपिएकाे छ । यसअघि आज असार २६ गते, आइतबारसम्म आवेदन दिन पाइने भनिएकाेमा अब श्रावण ४ गतेसम्म आवेदन दिन पाइनेछ । 

बैंकले ५ वर्ष अवधि भएकाे वार्षिक ९.२५ प्रतिशत व्याज भएकाे "५ वर्ष, ९.२५% नेपाल एसबीआई बैंक डिबेञ्चर, २०८३" नाममा ऋणपत्र निष्कासन गरेकाे हाे । बैंकले प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा ३ अर्ब रूपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ । जसमध्ये बैंकले सर्वसाधारणका लागि १२ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १८ लाख कित्ता बिक्री गर्नेछ ।

कति दिने आवेदन ?

लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

को हो बिक्री प्रबन्धक ?

बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्नेछ ।

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताहरूले सानिमा क्यापिटल लिमिटेड, नेपाल एसबीआई बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू तथा मेरो सेयर मार्फत अनलाईनबाट समेत आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको