Like us!
Follow us!
Connect us!
Watch us!

ग्रामीण क्षेत्रमा विद्युत् सेवा पुर्याउन सरकार क्रियाशिल –मन्त्री शाही

मंगलबार, १७ साउन २०७४, १८ : २७ मा प्रकाशित

ग्रामीण क्षेत्रमा विद्युत् सेवा पुर्याउन सरकार क्रियाशिल –मन्त्री शाही

अर्थ संसार,  काठमाडौँ– ऊर्जा मन्त्री महेन्द्रबहादुर शाहीले विद्युत् सेवा नपुगेका मुलुकको ग्रामीण क्षेत्रमा प्रसारण लाइन पुर्याउन सरकारले विशेष पहल गर्ने बताउनुभएको छ ।

मुलुकमा अझै पनि ३५ प्रतिशत भन्दा बढी भूभागमा विद्युत् सेवा पुग्न नसेकेको र ती स्थानका बासिन्दा २४ सै घन्टा विद्युत्भार कटौतीको मारमा परिरहेको भन्दै सरकारले सो क्षेत्रलाई विशेष प्राथमिकता दिने उहाँले बताउनुभयो ।

विद्युत् सेवा पुगेका स्थानमा नियमित र व्यवस्थित तवरले सेवा दिने नियमित काम भएपनि सेवा नै नपुगेका स्थानमा सेवा पु¥याउनु अर्को महत्वपूर्ण कार्यभार रहेको उहाँको कथन थियो ।

विद्युत् प्रसारण लाइन विस्तार गरिदिन माग गर्दै आज ऊर्जा मन्त्रालयमा सल्यानका राजनीतिक दलले बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री शाहीले भन्नुभयो ‘ जनताको सेवा बाहेक मेरो अरु कुनै कार्यसूची छैन । विद्युत् सेवाको विस्तारमा पूर्णप्रतिवद्ध भएर लाग्नेछु । त्यसमा सबैको साथ सहयोग जरुरी छ ।’

प्रतिनिधिमण्डलले सल्यानको शारदा बबई विद्युत जलाशय आयोजनाको कार्यालय स्थापना गर्नेबारे छिटो पहल गर्न पनि माग गरेको पूर्व सभासद उमाकान्त शर्माले जानकारी दिनुभयो ।

शर्माले स्थानीय तहदेखि सदरमुकामसम्म विद्युत लाईन जोड्ने बारे मन्त्री शाहीको ध्यानाकर्षण समेत गरेको बताउनुभयो । सल्यानका  दार्मा, कुमाख र कालिमाटी गाउँपालिकामा अहिलेसम्म विद्युत पुगेको छैन ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको