Like us!
Follow us!
Connect us!
Watch us!
एम. अधिकारी भन्ने व्यक्ति गभर्नर महाप्रसाद अधिकारी नै भएको पुष्टि !

एमाले अर्थसमितिकै सदस्यले भने, 'एम. अधिकारी भनेको गभर्नर नै हो, धेरै बैठकमा उनी सहभागी भएका छन्'

लोकेन्द्र ढकाल

लोकेन्द्र ढकाल

मंगलबार, २८ असार २०७९, २२ : ०२ मा प्रकाशित

एमाले अर्थसमितिकै सदस्यले भने, 'एम. अधिकारी भनेको गभर्नर नै हो, धेरै बैठकमा उनी सहभागी भएका छन्'

पोखरा । एमालेको अर्थ तथा योजना विभागको सदस्य सूचीमा उल्लेख गरिएको एम. अधिकारी भन्ने व्यक्ति नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नै रहेको पुष्टि भएको छ । एमाले केन्द्रीय सदस्य घनश्याम भुषाल  प्रमुख रहेको उक्त समितिमा स्वायत्त निकाय नेपाल राष्ट्र बैकको गभर्नर जस्तो पदको  ब्यक्ति सदस्य भएको प्रमाण अर्थ संसारले फेला पारेको हो । 

अर्थ तथा योजना विभाग २५ सदस्यीय छ । विभागको पछिल्लो बैठक एमाले महाधिवेशन ताका बसेको र सो बैठकमा गभर्नर महाप्रसाद अधिकारी पनि सहभागी भएको पुष्टि भएको हो । उक्त समितिका  एक सदस्य इ. देउकाजी गुरुङ ( कास्की)ले यसको पुष्टि गरेका हुन । उनले गभर्नर अधिकारी उक्त बैठकमा सहभागि भएको पुष्टि गरेका हुन । गभर्नर अधिकारी यसभन्दा  पहिलाको पनि उक्त समितिमा रहेको गुरुङले बताएका छ्न । गभर्नर अधिकारी प्राय: सबै बैठकमा आउने गरेको उनले बताए ।

यता उक्त समितिका प्रमूख घनश्याम भूषालले भने एम. अधिकारी भन्ने व्यक्ति अर्थ विज्ञ एमाले कार्यकर्ता भएको दावी गरेका छन्। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र एम. अधिकारी फरक व्यक्ति भएको भन्दै उनले सो समितिमा गभर्नर सदस्य नभएको बताए। 

गभर्नर अधिकारीले पनि आफू कुनै पार्टीको समितिमा बस्ने बारेमा सोच्न पनि नसक्ने भन्दै आफ्नो बचाऊ गरेका छन्। तर उक्त समितिकै एक सदस्यले गभर्नर अधिकारी सो समितिको सदस्य भएको र नियमित रुपमा समितिका बैठकहरुमा उपस्थित हुने गरेको भन्ने पुष्टि गरेपछि गभर्नर अधिकारी एमाले कार्यकर्ता रहेको पुष्टि भएको छ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको