Like us!
Follow us!
Connect us!
Watch us!

गभर्नर बर्खास्तीकाे हल्लासँगै तात्तियाे सेयर बजार

नेप्से

बुधबार, २९ असार २०७९, १५ : १७ मा प्रकाशित

गभर्नर बर्खास्तीकाे हल्लासँगै तात्तियाे सेयर बजार

आज (बुधबार) सेयर बजारमा सकारात्मक माहाेल देखिएकाे छ । नेप्से परिसूचकसँगै काराेबार रकम पनि वृद्धि भएकाे छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पूँजी बजारका लागि गलत रहेका लगानीकर्ताहरूको आरोप छ । लगानीकर्ताहरूले बारम्बार गभर्नरको नियतमा नै खोट रहेको बताउँदै आइरहेका छन् । यसैबीचमा गभर्नरकाे बर्खास्तीकाे कुरा चल्दा बजार बढेकाे केही लगानीकर्ताकाे अनुमान छ । नेकपा एमालेको अन्तर पार्टी निर्देशन (अपानी) मा अर्थ विभागमा एम अधिकारी, खोटाङ पनि समावेश रहेकाे र एम अधिकारी भन्नाले गभर्नर महाप्रसाद अधिकारी नै रहेकाे बुझिएपछि उनकाे बर्खास्तीकाे चाैतर्फी माग गरिएकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ५९.५४ अंकले बढेर १९८६.८२ विन्दुमा पुगेकाे छ । नेप्से ३.०९ प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि १२.४२ अंकले बढेर ३८१.३७ विन्दुमा पुगेकाे छ । 

कूल २२५ वटा कम्पनीकाे ५७ लाख ८७ हजार एक सय २६ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ४ करोड ४४ लाख ४३ हजार रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर बढेकाे छ । सबैभन्दा धेरै फाइनान्स समूह बढेकाे छ ।

बुधबार शिवम् सिमेन्टकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ९ कराेड २ लाख ९५ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज २ वटा कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । नेपाल फाइनान्स कम्पनी लिमिटेड र रिलायन्स फाइनान्स कम्पनी लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हाे ।

यस दिन एभरेष्ट बैंक लिमिटेडकाे अग्राधिकार सेयरकाे मूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ९.९९ प्रतिशतले घटेर ४ सय ९८ रूपैयाँ २० पैसामा झरेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको