Like us!
Follow us!
Connect us!
Watch us!

महालेखा प्रतिवेदन : ८ खर्ब २९ अर्ब २९ करोड पुग्यो बेरुजु

अर्थ संसार

बुधबार, २९ असार २०७९, १७ : ५८ मा प्रकाशित

महालेखा प्रतिवेदन : ८ खर्ब २९ अर्ब २९ करोड पुग्यो बेरुजु

चालु आर्थीक वर्ष बेरुजु १ खर्ब ५३ अर्ब रुपैयाँले बढेको छ । महालेखा नियन्त्रक कार्यालयले बुधबार सार्वजनिक गरेको ५९औं वार्षिक प्रतिवेदनअनुसार यो वर्ष डेढ खर्बले बेरुजु बढेर  कुल ८ खर्ब २९ अर्ब २९ करोड रुपैयाँ पुगेको हो । अघिल्लो वर्षसम्म ६ खर्ब ७६ अर्ब ४१ करोड रुपैयाँ बेरुजु थियो । 

यो वर्ष ४ खर्ब २० अर्ब बेरुजु असुल भएको छ । सरकारी निकायतर्फ संघ, प्रदेश र स्थानीय तहसमेतको लेखापरीक्षणबाट १ खर्ब १५ अर्ब ५ करोड बेरुजु कायम भएको छ । सोमध्ये ३ हजार २८७ संघीय सरकारी निकाय तथा कार्यालयको २८ खर्ब २० अर्ब ३७ करोडको लेखापरीक्षणबाट ४९ अर्ब ४७ करोड बेरुजु छ।

यस्तै, प्रदेश निकाय तथा कार्यालय १ हजार १३१ को २ खर्ब ९९ अर्ब ५७ करोडको लेखापरीक्षणबाट ७ अर्ब ४८ करोड बेरुजु देखिएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको