Like us!
Follow us!
Connect us!
Watch us!

‘एमाले महाधिवेशन अघिको बैठकमा गभर्नर पनि सहभागी, मौद्रिक नीति अघि बैठक बस्ने तय थियो’

लोकेन्द्र ढकाल

लोकेन्द्र ढकाल

बुधबार, २९ असार २०७९, १९ : २४ मा प्रकाशित

‘एमाले महाधिवेशन अघिको बैठकमा गभर्नर पनि सहभागी, मौद्रिक नीति अघि बैठक बस्ने तय थियो’

पोखरा । देश मौद्रिक नीतिको संघारमा छ । नेपाल रास्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारी मौद्रिक नीतिको सुझाब लिन ब्यस्त छन । उनी दिनहुुँ जसो सरोकारवालासंग छलफल तथा सुझाव संकलनको बैठकहरुमा बैक ब्याजदर बढाउनु पर्छ, मौद्रिक नीति कडा आउँछ भन्दै बोलिरहेका छन । जुन कुरा पुर्व अर्थमन्त्री तथा गभर्नरहरुले नै बिरोध गरिरहेका छन । गभर्नर जस्तो पदमा बसेर जथाभावी अर्थतन्त्रलाई नै प्रभाब पार्ने गरि बोल्दा आम जनमानसमा नकारात्मक असर पर्ने भन्दै सरोकारवालाहरु खुसी छैनन ।

यसैबिच गभर्नर महाप्रसाद अधिकारी एमालेको अर्थ तथा योजना बिभागको सदस्य रहेको खुलासा भएको छ । अर्थ संसारसंगकाे विशेष कुराकानीमा समिती कै एक सदस्यले उनी एमालेको अर्थ तथा योजना बिभागको पहिला र अहिले पनि सदस्य रहेको बताएका छन । ३५ सदस्यीय अर्थ समितिको सदस्य इन्जिनियर देउकाजी गुरुङसङको विशेष संबादमा गुरुङले उक्त खुलासा गरेका हुन । एमालेको  केन्द्रिय बिभाग मध्य महत्वपुर्ण मानिने अर्थ तथा योजना समितिको बैठक एमाले दशौ महाधिवेशनको बेला मंसिरमा बसेको थियो । महाधिवेशनमा अर्थ समितिको काम र चर्चा धेरै नै हुने गर्दछ । हो, त्यहिबेला एमालेको अर्थ समितिको बैठक बसेको थियो र त्यो बैठकमा गभर्नर महाप्रसाद अधिकारी पनि सहभागी भएको अर्थ समितिका सदस्य देउकाजी गुरुङले बताएका हुन । सदस्य गुरुङ भन्छन, यो बैठक नियमित बस्ने गर्दैन, बेलाबखत केही महिना बिराएर बस्ने गर्दछ । गभर्नर सम्मिलित अर्थ समितिको आगामी बैठक मौद्रिक नीति आउनु भन्दा ठिक अगाडि असार ३० गते बस्ने मिति तय भएको समेत समितिका सदस्य गुरुङ बताउछ्न । 

रास्ट्रबैक आफैमा स्वायत्त निकाय हो । यो देशकै केन्द्रिय बैक हो, बैकहरुको पनि बैक हो । यसले मूलत: मौद्रिक प्रणालीलाई संचालन तथा नियमन गर्दछ । त्यसैले रास्ट्र बैकलाई मौद्रिक अधिकार र नियामक संस्था पनि भन्ने गरिन्छ ।

रास्ट्र बैकले नेपाली मुद्राको ब्यवस्थापन गर्ने, नीतिको सन्चालन गर्ने, सरकारको बैक तथा बैकहरुको पनि बैकको रुपमा भुमिका निर्वाह गर्ने गर्दछ । हरेक मुलुकमा एउटा मात्र केन्द्रिय बैक रहन्छ र जसले कुनै पनि मौद्रिक प्रणालीको  नियामक र सुपरिवेक्षण गर्ने गर्दछ। 

यसले बित्तीय क्षेत्रको स्थायित्व सहित समग्रमा आर्थिक क्षेत्रको स्थायित्व कायम गर्ने/गराउने गर्द्छ । रास्ट्र बैकको काम, कर्तब्य र अधिकार स्पस्ट रुपमा उल्लेख गरिएको छ । यो राजनीतिक हस्तक्षेप नहुने स्वायक्त संस्था हो । 

 केही समय पहिला गभर्नरको कार्यशैली प्रती असन्तुष्टी जनाउदै सरकारले गभर्नरलाई निलम्बन गरेको थियो । तर अदालतले उनलाई निर्दोष ठहर्‍याउदै  पुन:बहालि गरिदियो । अदालतले स्वायत्त संस्थामाथी सरकारले अनावस्यक हस्तक्षेप गरेको भन्दै अस्वीकार गर्दियो । त्यसैले यो संस्था कति स्वायत्त छ भन्ने थप स्पस्ट हुन्छ ।

तर यति स्वायत्त, गरिमामय संस्थाको प्रमुख कुनै अमुख दलको सदस्य रहेको तथ्यले सबैलाई आश्चर्यचकित पारेको छ । यदि एमाले अर्थ तथा योजना समितिका सदस्य गुरुङले भने झै उनी राजनीतिक दलको सदस्य रहेर गभर्नर पदमा रहिरहन नैतिकताले दिन्छ ? नियम कानूनले मान्छ ? अहिले गभर्नर महाप्रसाद अधिकारी समक्ष धेरै प्रस्न चिन्हहरु खडा भएका छन । 

महाअधिवेशन अघि बसेको एमालेको अर्थ तथा योजना समितिको बैठक मौद्रिक नीतिको ठिक अगाडि किन बस्दै थियो ? यदि एमालेकै अर्थ समितिले दिएको सुझाबका आधारमा गभर्नरले मौद्रिक नीति ल्याउने हो भने देशब्यापी सुझाब संकलनको नाटक किन ? गभर्नर अधिकारीले जवाफ दिनु जरुरी छ । एमालेको अर्थ तथा योजना समितिको सदस्य हो भनेर समिती भित्र कै सदस्यले भनिसके पछि कि त आधार सहित खण्डन गर्न सक्नु पर्यो कि त नैतिकताका आधारमा छानबिन समितिलाई अधिकार प्रदान गरि निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले झै मार्ग प्रसस्त गर्नु पर्दछ । नत्र बिधिको शासनको उपहास हुने देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको