Like us!
Follow us!
Connect us!
Watch us!

प्रतिनिधिसभा पुनर्स्थापनाका लागि नेकपा एमाले अदालत जाने, मंसिर अन्त्यमा महाधिवेशन गर्ने निर्णय

अर्थ संसार

आइतबार, २६ असोज २०८२, २१ : ३३ मा प्रकाशित

प्रतिनिधिसभा पुनर्स्थापनाका लागि नेकपा एमाले अदालत जाने, मंसिर अन्त्यमा महाधिवेशन गर्ने निर्णय

नेकपा एमालेले मंसिर अन्तिम साता पार्टीको ११औं महाधिवेशन गर्ने र प्रतिनिधिसभा पुनर्स्थापनाका लागि अदालतमा जाने निर्णय गरेको छ। शुक्रबार बिहान १२ बजेदेखि सुरु भएर करिब ९ घण्टा चलेको सचिवालय बैठकमा यी दुई प्रमुख विषयमा सहमति बनेको हो।

बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिँदै भने, “यथास्थितिमा निर्वाचन सम्भव छैन, त्यसैले पार्टी अदालत जान्छ।” उनका अनुसार एमालेले निर्वाचनमा भाग लिनका लागि केही राजनीतिक र प्रावधानगत शर्तहरू पनि राखेको छ।

त्यस्तै, पार्टीको ११औं महाधिवेशन मंसिर अन्त्यतिर गर्ने निर्णय गरिएको भए पनि सटीक मिति र स्थान अझै तय भएको छैन। ज्ञवालीले भने, “महाधिवेशन तयारी र कानुनी प्रक्रियालाई समानान्तर रूपमा अघि बढाइनेछ।”

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको