Like us!
Follow us!
Connect us!
Watch us!

एमाले पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ

अर्थ संसार

बुधबार, १२ कार्तिक २०८२, ०७ : ०० मा प्रकाशित

एमाले पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ

नेकपा एमालेका पूर्वसांसद तथा प्रभु ग्रुपका अध्यक्ष देवीप्रसाद भट्टचनलाई प्रहरीले आर्थिक अनियमितता सम्बन्धी आरोपमा पक्राउ गरेको छ।

नेपाल प्रहरीको **केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)**ले उनलाई मंगलबार राति ललितपुरको गोदावरी नगरपालिका–३ टौकेलबाट पक्राउ गरेको हो।

सीआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठका अनुसार, भट्टचनमाथि ठगी, आपराधिक विश्वासघात, आपराधिक लाभ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतका मुद्दामा अनुसन्धान सुरु गरिएको छ।

प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले भट्टचनविरुद्ध ९८ करोड रुपैयाँभन्दा बढीको ठगी गरेको आरोपसहित जाहेरी दर्ता गरेकी थिइन्।

उक्त जाहेरीबारे २०७८ असोज ११ गते सरकारी वकिलको कार्यालयले प्रहरीलाई अनुसन्धानको लागि पठाएको थियो। तर, लामो समयसम्म अनुसन्धान अघि बढ्न सकेको थिएन।
सीआईबीले भने हाल उक्त प्रकरणलाई पुनः सक्रिय गर्दै मंगलबार राति उनलाई नियन्त्रणमा लिएको हो।

भट्टचनमाथि प्रारम्भिक बयानपछि थप अनुसन्धानका लागि सीआईबीले हिरासतमा राखेको छ। प्रहरीका अनुसार आर्थिक लेनदेन, दस्तावेज र सम्बन्धित खाताको विवरण सङ्कलन गरी अनुसन्धान अघि बढाइनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको