Like us!
Follow us!
Connect us!
Watch us!

मध्य साउनमा पनि ३३ प्रतिशत खेत बाँझै

बुधबार, १८ साउन २०७४, १५ : ११ मा प्रकाशित

मध्य साउनमा पनि ३३ प्रतिशत खेत बाँझै

अर्थ संसार, काठमाडौं – मुलुकभर ७७ प्रतिशत जमिनमा धान रोपिएको छ । सरकारले चालु  आर्थिक वर्ष २०७४/०७५ मा मुलुकभर १५ लाख ५२ हजार हेक्टरमा जमिनमा धान रोप्ने लक्ष्य राखेकोमा सोमबारसम्ममा ७७.०३ प्रतिशत भूभागमा धान रोपिएको छ  ।

तथ्यांक अनुसार ११ लाख ९५ हजार हेक्टर जमिनमा धान रोपेर सकिएको कृषि मन्त्रालयले जनाएको छ । कतिपय स्थानमा पानी नपरेका कारण रोपाई सोचअनुसार हुन नसकेको हो ।

मन्त्रालय अन्तर्गतको कृषि प्रसार निर्देशनालयका अनुसार हालसम्ममा मुलुकको मध्य पहाडमा सबैभन्दा बढी ८५.४३ प्रतिशत, उस्तैगरी उच्च पहाडमा ८५.१६ प्रतिशत र तराईमा ७३.५३ प्रतिश मात्र धान रोपिएको छ ।

त्यस्तै विकास क्षेत्रको आधार सबैभन्दा बढी सुदुर पश्चिमाञ्चल विकास क्षेत्रमा ९८.६६ प्रतिशत धान रोपिएको छ ।

त्यस्तै पश्चिमाञ्चल विकास क्षेत्रमा ८८.९० प्रतिशत, पध्य पश्चिमाञ्चल विकास क्षेत्रमा ७३.०१ प्रतिशत, पूर्वाञ्चल विकास क्षेत्रमा ६५.१९ र मध्यमाञ्चल विकास क्षेत्रमा ७३.५२ प्रतिशत धान रोपिएको छ ।

तराई क्षेत्रमा साउनभरी रोपाई हुने भएकोले हाल कम्ती देखिए पनि पछि बढ्ने धान विज्ञहरुले बताएका छन् ।

सरकारले चालु वर्ष ५४ लाख टन धान फलाउने घोषणा गरेको छ । सोही अनुसारले अझै पनि तराईका रोपाइ नभएका केही क्षेत्रहरुमा अध्ययन गरी रोपाईलाई अघि बढाउन अध्ययन टोलि बनाइ अध्ययन कार्य सुरु गरिसकेको मन्त्रालयले जनाएको छ ।
    

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको