Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा चमक, गभर्नर राजिनामाको हल्लाले लगानीकर्ता उत्साहित !

नेप्से

विहीबार, ३० असार २०७९, १५ : ०२ मा प्रकाशित

सेयर बजारमा चमक, गभर्नर राजिनामाको हल्लाले लगानीकर्ता उत्साहित !

आज (बिहीबार) पनि सेयर बजारमा सकारात्मक माहाेल देखिएकाे छ । नेप्से परिसूचकसँगै काराेबार रकम पनि वृद्धि भएकाे छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पूँजी बजारका लागि गलत रहेका लगानीकर्ताहरूको आरोप छ । लगानीकर्ताहरूले बारम्बार गभर्नरको नियतमा नै खोट रहेको बताउँदै आइरहेका छन् । यसैबीचमा गभर्नरकाे राजिनामाकाे कुरा चल्दा बजार बढेकाे केही लगानीकर्ताकाे अनुमान छ । नेकपा एमालेको अन्तर पार्टी निर्देशन (अपानी) मा अर्थ विभागमा एम अधिकारी, खोटाङ पनि समावेश रहेकाे र एम अधिकारी भन्नाले गभर्नर महाप्रसाद अधिकारी नै रहेकाे बुझिएपछि उनकाे बर्खास्तीकाे चाैतर्फी माग गरिएकाे छ । तर यता एमालेले भने एम अधिकारी गभर्नर होइनन् भन्दै स्पष्टिकरण दिएकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक १४.७१ अंकले बढेर २००१.५३ विन्दुमा पुगेकाे छ । नेप्से ०.७४ प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि १.७७ अंकले बढेर ३८३.१३ विन्दुमा पुगेकाे छ । 

कूल २२० वटा कम्पनीकाे ६२ लाख १० हजार ९ सय ८ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ४१ करोड १८ लाख ३४ हजार ५ सय ९९ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर बढेकाे छ । सबैभन्दा धेरै हाइड्राेपावर समूह बढेकाे छ ।

बिहीबार एनआईसी एशिया बैंक लिमिटेडको सर्वाधिक काराेबार भएकाे छ । बैंककाे ३० कराेड १८ लाख ८६ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज एनआईबिएल प्रगति फण्डको मूल्य सबैभन्दा धेरै बढेकाे छ । उक्त फण्डकाे मूल्य ९.९८ प्रतिशतले बढेर १० रूपैयाँ १४ पैसा पुगेकाे छ ।

 

यस दिन प्रुडेन्सियल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ५.०१ प्रतिशतले घटेर ३ सय ४१ रूपैयाँमा झरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको