Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से उकालाे यात्रामै, गुड न्यूजले उत्साहित लगानीकर्ता

नेप्से

शुक्रबार, ३१ असार २०७९, १३ : १५ मा प्रकाशित

नेप्से उकालाे यात्रामै, गुड न्यूजले उत्साहित लगानीकर्ता

साताकाे अन्तिम काराेबार दिन आज (शुक्रबार) पनि सेयर बजारकाे उकालाे यात्रामा निरन्तरता देखिएकाे छ । मंगलबारदेखि लगातार बढेकाे बजारले  आज पनि उकालाे यात्रालाई नै निरन्तरता दिएको हो । 

लगानीकर्ताहरू यतिबेला गुड न्यूजले उत्साहित छन् । बैंकहरूले श्रावणमा ब्याजदर नबढाउने भएका छन् । लगानीकर्ताहरूका लागि याे प्लस पाेइन्ट भएकाे छ । यता यतिबेला गभर्नर महाप्रसाद अधिकारीकाे राजिनामाकाे हल्लाले पनि लगानीकर्ताहरू खुसी छन् । नेपालका गभर्नर पूँजी बजारप्रति नकारात्मक रहेका भन्दै लामाे समयदेखि लगानीकर्ताहरूले गभर्नरकाे राजिनामाको बारम्बार माग गर्दै आइरहेका थिए ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (शुक्रबार) सेयर कारोबार मापक नेप्से परिसूचक ७.९३ अंकले बढेर २००९.४६ विन्दुमा पुगेकाे छ । नेप्से ०.४० प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि २.७७ अंकले बढेर ३८५.९१ विन्दुमा पुगेकाे छ । 

कूल २३१ वटा कम्पनीकाे ४० लाख ५१ हजार ७ सय ७१ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ४५ करोड ६२ लाख ५९ हजार ८ सय ३३ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ५ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ८ वटा उपसमूहकाे सेयर घटेकाे छ ।

शुक्रबार अपर तामाकाेशीको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे १९ कराेड ७२ लाख ५४ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज ३ वटा कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । ३ वटै डिबेञ्चर हुन् । 

यस दिन ग्रीन लाइफ हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ५.३१ प्रतिशतले घटेर ३ सय ३ रूपैयाँमा झरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको