नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज शुक्रबार स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ ।
स्टकका अनुसार संस्थाको १९ प्रतिशत बाेनस बापतकाे १७ लाख ९१ हजार ७ सय कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।
स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडकाे पाैष १५ गते, बिहीबार सम्पन्न भएकाे २० औं वार्षिक साधारण सभाले सेयरधनीलाई १९ प्रतिशत बोनस र ६ प्रतिशत नगद गरी २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस