Like us!
Follow us!
Connect us!
Watch us!

जानकी फाइनान्स कम्पनी लिमिटेड : कम्पनी विश्लेषण

विहीबार, १९ साउन २०७४, ०८ : ४२ मा प्रकाशित

जानकी फाइनान्स कम्पनी लिमिटेड : कम्पनी विश्लेषण

 

प्रमुख गतिविधि
पुस २५ २०७३ मा सम्पन्न कम्पनीको २०औं वार्षिक साधारणसभाबाट कम्पनीले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश दिएको थियो ।

कम्पनीले सार्वजनिक गरेको गत आवको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७३/७४ र २०७२/७३ बीच तुलना गर्दा :

  • जानकी फाइनान्स कम्पनी लिमिटेडको खुद नाफा ११ करोड ८३ लाख पुगेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो करीब १७० प्रतिशत वृद्धि हो ।

  • प्रतिशेयर आम्दानी सन्तुलनमा राख्नु कम्पनीको एउटा सकारात्मक पक्षको रूपमा छ । बैङ्कको प्रतिशेयर आम्दानी ३४ दशमलव ६१ छ, जुन अघिल्लो आवको तुलनामा १७० प्रतिशत धेरै हो ।

  • यो अवधिमा फाइनान्सले १ अर्ब ३९ करोड निक्षेप सङ्कलन गरी १ अर्ब ३९ करोड कर्जा प्रवाह गरेको छ । निक्षेपमा ३ प्रतिशत कमी आएकोे छ भने कर्जा प्रवाह १६ प्रतिशत वृद्धि भएको छ । कर्जा प्रवाहको मामलामा कम्पनी एकदमै आक्रामक बनेको छ, जसले गर्दा कम्पनीको सीसीडी रेशियो ६६ दशमलव २३ प्रतिशतबाट वृद्धि भएर ७५ दशमलव ३७ प्रतिशत छ ।

  • कम्पनीको जगेडा कोषमा भने १७१ प्रतिशतको सुधार भएको छ । १० करोड ८९ लाखको कोष वृद्धि भएर २९ करोड ४९ लाख पुगेको छ ।

  • बैङ्ककोे प्रमुख आम्दानीको स्रोतमा रहेको खुद ब्याज आम्दानी ७२ प्रतिशत वृद्धि भएको छ । बैङ्कले १५ करोड ७३ लाख खुद ब्याज आम्दानीबापत कमाउन सफल भएको छ । अघिल्लो वर्ष यही अवधिमा बैङ्कले ९ करोड १४ लाख खुद ब्याज आम्दानीबापत कमाउन सफल भएको थियो ।  

  • बैङ्कले ४ करोड ६७ लाख लाख रुपैयाँ प्रोभिजन गर्नुपरेको छ भने जोखीम कोषबाट ७ करोड ८६ लाख रकम फिर्ता गरेको छ । प्रोभिजनभन्दा राइट ब्याक धेरै हुनुले कम्पनीको खुद नाफामा यसको सकारात्मक प्रभाव परेको देखिन्छ ।

  • कम्पनीको निष्क्रिय कर्जाको अवस्था एकदमै खराब अवस्थामा छ । ३ महीनाअघि कम्पनीले निष्क्रिय कर्जा ५ प्रतिशतको हाराहारीमा आए तापनि यो त्रैमासमा निष्क्रिय कर्जा ६ दशमलव ८३ प्रतिशत पुगेको छ । त्यस्तै, कम्पनीले निष्क्रिय कर्जाका लागि निकै थोरै अर्थात् ७० दशमलव १६ प्रतिशत रकम प्रोभिजन गरेको छ ।

  • बैङ्कले प्रकाशन गरेको वित्तीय विवरणअनुसार बैङ्कको प्रतिशेयर नेटवर्थ १८६ दशमलव २६ प्रतिशत, पूँजी कोष लागत ९ दशमलव २८ प्रतिशत, मूल्य आम्दानी अनुपात ७ दशमलव ७७ गुणा, तरलता अनुपात ३९ दशमलव १८ प्रतिशत छ ।


निष्कर्ष

कम्पनीले आक्रामक कर्जा प्रवाहका कारण र राइट ब्याकले गर्दा खुद नाफामा व्यापक वृद्धि गर्न सफल भएको छ । तर, निष्क्रिय कर्जा ५ प्रतिशतभन्दा धेरै हुनु कम्पनीको नकारात्मक पक्ष मानिएको छ ।

प्राविधिक विश्लेषण स् जानकी फाइनान्स प्रतिरोध माथि

 

प्रतिरोध २ : ३३७ । प्रतिरोध १: ३०० । टेवा १ : २६५ । टेवा २ : २४२ । हालको अन्तिम मूल्य स् ३०७

बजारको अवस्था

यस यस कम्पनीको २ अगष्ट, २०१७ सम्मको दैनिक मैनबत्ती चार्टको आधारमा अन्तिम कारोबार मूल्य ३ सय ७ मा छ । यो अघिल्लो दिनको भन्दा ८ रुपैयाँ अर्थात् २ दशमलव ६८ प्रतिशत बढी हो । अन्तिम दिनको परिमाण ९७ सय ५४मा छ । यो अघिल्लो दिनको भन्दा ५८ सय ७५ कित्ता कम हो ।

मूल्यको प्रवृत्ति विश्लेषण

गत १ महीनादेखि यो कम्पनीको मूल्य बढ्दो प्रवृत्तिमा छ । चार्टमा देखिएबमोजिम अन्तिम दिनमा यसको मूल्यले ३ सयको प्रतिरोधलाई तोडेको छ ।

अन्य प्राविधिक सङ्केतहरू :
एक्सपोनेन्सियल मुभिङ एभरेज (ईएमए) : ५ र २० दिनको ईएमएहरू एकआपसमा फराकिलो हुँदै गएकोले बजारमा आपूर्तिभन्दा माग बढी रहेको सङ्केत गरेको छ ।

रिलेटिभ स्ट्रेन्थ इण्डेक्स (आरएसआई) : १४ दिनको आरएसआई ७० अङ्कमा रहेको देखिन्छ । यो सूचकले यो कम्पनीको शेयर बढी विक्री भएको सङ्केत गरेको छ भने बजारमा क्रेताको चापमा वृद्धि भइरहेको बुझाएको छ ।

मैनबत्ती : अन्तिम दिनको मैनबत्तीले लामो पुच्छर भएको स्पिनिङ टप बनाएको देखिन्छ । यसले बजारमा त्यस दिन मूल्यको उतारचढाव निकै भएको सङ्केत छ । यसले बजार कुन दिशातिर जान्छ भन्ने अन्योल रहेको छ । त्यसैले, अर्को दिनको मैनत्रबत्ती हेर्नु जरुरी देखिन्छ ।

निष्कर्ष

मूल्य प्रवृत्ति र अन्य सूचकलाई विश्लेषण गर्दा यदि कम्पनीको शेयरमूल्य ३ सयभन्दा माथि केही दिन स्थिर रहेमा बजार सकारात्मक हुन सक्ने सङ्केत गर्दछ । मूल्य २ सय ६५ भन्दा तल झरेमा बजार नकारात्मक क्षेत्रमा जान सक्ने सङ्केत गर्दछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको