Like us!
Follow us!
Connect us!
Watch us!

ब्रिटिस कलेजले ल्यायो एमएससी प्रोफेशनल अकाउन्टिङ कोर्ष, नेपालमा पहिलो पटक

अर्थ संसार

सोमबार, १७ मंसिर २०८१, २० : ४६ मा प्रकाशित

ब्रिटिस कलेजले ल्यायो एमएससी प्रोफेशनल अकाउन्टिङ कोर्ष, नेपालमा पहिलो पटक

द ब्रिटिस कलेजले नेपालमा पहिलो पटक युनिभर्सिटी अफ लण्डन (यूओएल)बाट एमएससी प्रोफेशनल अकाउन्टिङ कोर्ष सञ्चालन गर्नका लागि आधिकारिक शिक्षण केन्द्रको मान्यता प्राप्त गरेको छ। ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको द ब्रिटिस कलेजले निरन्तर गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको कारण यूओएलबाट मान्यता प्राप्त गर्दै यो कोर्ष सञ्चालनमा ल्याएको हो।

ब्रिटिस कलेजका एक्जिक्युटिभ प्रिन्सिपल प्रा. मेरी बिशपले यो कोर्ष अकाउन्ट र फाइनान्सको क्षेत्रमा कार्यरत वा काम गर्न इच्छुक विद्यार्थीहरूलाई शैद्धान्तिक र व्यवहारिक सीप प्रदान गर्ने उद्देश्यले शुरु गरिएको बताउनुभयो। यस कोर्षले फाइनान्सको व्यवस्थापन, रणनीतिक निर्णय प्रक्रिया, र प्रोफेशनल इथिक्सको विकास गर्नेछ जसले विद्यार्थीलाई प्रतिस्पर्धात्मक वैश्विक बजारमा सफलता प्राप्त गर्न सक्षम बनाउने छ।

ब्रिटिस कलेजको ब्रिटिस प्रोफेशनल कलेजले लामो समयदेखि एसीसीए शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ र यसले ‘प्लाटिनम अप्रुभ्ड’ लर्निङ पार्टनरको दर्जा पाएको छ। कलेजले एमएससी प्रोफेशनल अकाउन्टिङ कोर्ष पनि सुरू गरेको हो। कलेजका सिनियर प्रोग्राम म्यानेजर दीपेन्द्र के. श्रेष्ठले यस कोर्षको सञ्चालनमा यूओएलको मान्यताले विद्यार्थीहरूलाई नेपालमा नै विश्वस्तरीय अकाउन्टिङ शिक्षा प्राप्त गर्ने मौका दिएको उल्लेख गरे।

एमएससी प्रोफेशनल अकाउन्टिङ कोर्ष एसीसीए द्वारा मान्यता प्राप्त कोर्ष हो। यसलाई अध्ययन गर्दा विद्यार्थीहरूले एसीसीएको सदस्यतासँगै एमएससी डिग्रीको मान्यता पनि प्राप्त गर्छन्। यस कोर्षको निर्माण अन्तर्राष्ट्रिय लेखापरीक्षण मापदण्ड र उद्योगका उत्कृष्ट अभ्यासलाई ध्यानमा राखेर गरिएको हो। कलेजका अनुभवी फ्याकल्टीहरूले विद्यार्थीलाई यूओएलका संसाधनहरूसँगै थप शैक्षिक सहयोग प्रदान गर्नेछन्।

यस कोर्षले अकाउन्टिङ र फाइनान्सका क्षेत्रमा अघि बढ्न चाहने विद्यार्थीहरूको क्षमता वृद्धि गर्ने र उनीहरूलाई नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्षम बनाउने विश्वास कलेजले व्यक्त गरेको छ। यो कोर्ष एसीसीए, एफसीसीए, सीए एएनजेड, सीआईएमए, सीपीएफए, सीपीए क्यानडा लगायतका प्रतिष्ठित निकायबाट मान्यता प्राप्त विद्यार्थीहरूको लागि डिजाइन गरिएको हो।

नेपालमै पहिलो पटक यो शैक्षिक कार्यक्रम सुरु गर्दै, द ब्रिटिस कलेजले अकाउन्टिङ र फाइनान्सको क्षेत्रमा समृद्ध भविष्य निर्माण गर्ने अवसर प्रदान गरेको छ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको