Like us!
Follow us!
Connect us!
Watch us!

घर–जग्गा गाडी र सेयरकाे पछि लागेर अर्थतन्त्र चल्दैन्: गभर्नर अधिकारी

अर्थ संसार

आइतबार, १६ मंसिर २०८१, ११ : ५५ मा प्रकाशित

घर–जग्गा गाडी र सेयरकाे पछि लागेर अर्थतन्त्र चल्दैन्: गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्र सुधारका लागि मौद्रिक नीति मात्र जिम्मेवार नभएको बताएका छन् ।

गभर्नर अधिकारीले  एक औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दे यस्तो बताएका हुन् ।

उनले अर्थतन्त्रको वर्तमान समस्या मौद्रिक,आर्थिक नीतिमा नभई गैर आर्थिक समस्याको कारण उत्पन्न भएको उल्लेख गर्दै खाली घर–जग्गा, गाडी र सेयरकाे पछि लागेर पछि लागेर अर्थतन्त्र नचल्ने बताए । साउनमा जारी गरेका नीतिहरु नै कार्यान्वयनमा पूर्णता नभएकाले विस्तारै राष्ट्र बैकले आफ्ना नीतिहरु परिमार्जन गर्दै जाने स्पष्ट पारे । साथै, उनले बैंकिङ क्षेत्रमा अलिक समस्या आउँदैमा आत्तिएर सेयर नबेच्न संस्थापकहरुलाई आग्रह समेत गरे ।

गभर्नर अधिकारीले समग्र आर्थिक अवस्थाको हिसावले नेपाल दक्षिण एसियामा दोस्रो स्थानमा रहेको क्रेडिट रेटिङबाट देखिएको भए पनि चुनौतीहरु भने कायमै रहेको बताए । सार्वभौम साख मूल्यांकनको अहिलेको स्तर थप राम्रो बनाउन प्रयास गर्न जरुरी रहेको उनको भनाई छ । 

 नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले  समग्र आर्थिक अवस्थाको हिसाबले नेपाल दक्षिण एसियामा दोस्रो स्थानमा रहेको क्रेडिट रेटिङबाट देखिएको भएपनि चुनौती कायमै रहेको बताएका छन् ।

उनले भने ‘सधैँ घरजग्गा, गाडी र सेयरको पछि लागेर हुँदैन, गैर मौद्रिकको कारण बिग्रिएको अर्थतन्त्र सुधार गर्न सबै लाग्नुपर्ने बताए । गभर्नर अधिकारीले अधिकारीले अर्थतन्त्र साइकल रहेको र सधैँ एक रफ्तार नहुने बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको