Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा झिनो सुधार

नेप्से

आइतबार, ०१ साउन २०७९, १५ : ०४ मा प्रकाशित

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा झिनो सुधार

नयाँ आर्थिक वर्षको पहिलो काराेबार दिन आइतबार नेप्सेमा झिनो सुधार देखिएकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक १.९३ अंकले बढेर २०११.३९ विन्दुमा पुगेकाे छ । नेप्से ०.१० प्रतिशतले बढेकाे हाे । यस्तै, सेन्सेटिभ परिसूचक पनि ०.०२ अंकले घटेर ३८५.९३ विन्दुमा पुगेकाे छ ।

कूल २१० वटा कम्पनीकाे ३० लाख ४५ हजार ८ सय ८९ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब २३ करोड २४ लाख ८८ हजार ८३ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये ५ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ८ वटा उपसमूहकाे सेयर घटेकाे छ । 

त्यसैगरी, आइतबार पनि काराेबारमा अपर तामाकाेशी नै अब्बल रहेकाे छ । कम्पनीकाे ६ कराेड ४ लाख ६६ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।  कम्पनीले अघिल्लाे साता मात्रै १:१ काे अनुपातमा हकप्रद निष्कासन गर्ने निर्णय गरेकाे थियाे ।

आज राधी विद्युत कम्पनी लिमिटेड सेयरमूल्य सबैभन्दा धेरै बढेकाे छ । कम्पनीकाे सेयरमूल्य ५.४८ प्रतिशतले बढेर ५ सय ६८ रूपैयाँ पुगेकाे छ ।

यस दिन प्रभु सेलेक्ट फण्डकाे मूल्य सबैभन्दा धेरै घटेकाे छ । उक्त फण्डकाे मूल्य ९.७८ प्रतिशतले घटेर ८ रूपैयाँ ६७ पैसा कायम भएकाे छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको