Like us!
Follow us!
Connect us!
Watch us!

पुरानो मेडिकल कलेजमा निःशुल्क मधुमेह स्क्रिनिङ क्लिनिक सञ्चालन

अर्थ संसार

आइतबार, ०१ साउन २०७९, १७ : २३ मा प्रकाशित

पुरानो मेडिकल कलेजमा निःशुल्क मधुमेह स्क्रिनिङ क्लिनिक सञ्चालन

कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) ले मधुमेह स्क्रिनिङ क्लिनिक सञ्चालनमा ल्याएको छ । मधुमेह (सुगर) का बिरामीहरुलाई सहज स्वास्थ्य सेवा दिनका लागि अस्पताल परिसरमा छुट्टै क्लिनिक सञ्चालनमा ल्याईएको हो ।

नेपालमा दिनहुँ मधुमेहीहरुको संख्या वृद्धि भइरहेको र मधुमेहका बिरामी अस्तपताल आउने क्रम बढेसँगै क्लिनिक सञ्चालनमा ल्याईएको अस्पतालले जनाएको छ । अस्पतालले मध्य नेपालमा पहिलो आफूहरुले मधुमेह स्क्रीनिङ क्लिनिक संचालनमा ल्याएको दावी गरेको छ ।

सुगरका रोगी तथा सम्भावित रोगीहरुले स्क्रीनिङ क्लिनिकमा समयमै निःशुल्क परीक्षण गरी स्वास्थ्य लाभ लिन सकुन् भन्ने उद्देश्यले क्लिनिक संचालनमा ल्याईएको अस्पतालले जनाएको छ ।

सम्झौता अनुसार उक्त क्लिनिकमा हप्ताको सातै दिन बिहान ६ देखि ८ बजेसम्म मधुमेह समाजमा आबद्ध तथा अन्य सम्पूर्ण मधुमेहका बिरामीहरुको निःशुल्क सुगर जाँच (मधुमेह परीक्षण) गर्न सक्नेछन् । यस्तै मधुमेहका सम्पूर्ण बिरामीहरुलाई मधुमेह स्वास्थ्य जाँच प्याकेजमा ५० प्रतिशत छुट अस्पतालले दिएको छ । यो सुविधा एउटा बिरामीले हरेक तीन महिनामा एकपटक पाउने सम्झौतामा उल्लेख छ ।

समाजका पदाधिकारीहरुले अस्पतालका रेडियोलोजी र फार्मेसी बाहेकका अन्य सम्पूर्ण सेवामा २० प्रतिशत छुट पाउने जनाईएको छ । मधुमेह स्क्रिनिङ क्लिनिकमा फोनबाट अग्रिम नाम लेखाएर पनि सेवा लिन सकिने जनाईएको छ ।

दुवै पक्षको आपसी सहमतिमा निःशुल्क स्वास्थ्य शिविर सन्चालन गर्ने, मधुमेह रोग नियन्त्रण तथा उपचारको लागि सचेतना अभियान सञ्चालन गर्ने, स्वास्थ्य शिक्षा तथा अन्य स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु सञ्चालन गरिने सम्झौतामा उल्लेख छ ।

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको