Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा बैंकको २५ लाख कित्ता सेयर बिक्रिमा, न्यूनतम मूल्य कति ?

अर्थ संसार

सोमबार, ०२ साउन २०७९, ०७ : ०९ मा प्रकाशित

सानिमा बैंकको २५ लाख कित्ता सेयर बिक्रिमा, न्यूनतम मूल्य कति ?

सानिमा बैंक लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । बैंकले विभिन्न व्यक्तिहरुको नाममा रहेको २५ लाख कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

बैंकले यसअघि एक सूचना प्रकाशन गर्दै बैंकका विद्यमान संस्थापक शेयरधनीहरुलाई ३५ दिनभित्र उक्त सेयर खरीद गर्न आह्वान गरेकोमा संस्थापकहरुबाट कुनै पनि निवेदन प्राप्त नभएकाले अब अन्य इच्छुक व्यक्ति वा संस्थालाई उक्त सेयर बिक्री गर्न लागेको हो । बैंकको सेयरको न्यूनतम मूल्य २०० रुपैयाँ तोकिएको छ त्यसैले आवेदकले २०० रुपैयाँ वा त्यो भन्दा बढि मूल्यमा आवेदन दिन सक्नेछन् । 

उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले सूचना प्रकाशित भएको १५ दिन भित्र आवश्यक कागजपत्र संकलन गरेर के कति कित्ता सेयर खरिद गरी लिने हो सोको व्यहोरा खुलाई बैंकको केन्द्रीय कार्यालय नक्साल काठमाडौंमा आइपुग्ने गरी निवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको