Like us!
Follow us!
Connect us!
Watch us!
प्रधानमन्त्रीलाई गभर्नरको ब्रिफिङ-

‘मौद्रिक नीतिले देशको आर्थिक, बैंकिङ र पुँजी बजारमा सकारात्मक प्रभाव पार्नेछ’

अर्थ संसार

सोमबार, ०२ साउन २०७९, ०७ : ५३ मा प्रकाशित

‘मौद्रिक नीतिले देशको आर्थिक, बैंकिङ र पुँजी बजारमा सकारात्मक प्रभाव पार्नेछ’

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले प्रधानमन्त्री शेरबहादुरलाई  मौद्रिक नीतिपछि मुलुकको आर्थिक, बैंकिङ र पुँजी बजारमा सकारात्मक प्रभाव पर्ने ब्रिफिङ दिएका छन् ।

बालुवाटारमा बिहीबार अर्थमन्त्रालयको जिम्मेवारी लिएको हैसियतले आफैँले बोलाएको छलफलमा प्रधानमन्त्रीले गभर्नर अधिकारीसँग कुराकानी गरेका हुन् । जवाफमा गभर्नरले पनि साउनको पहिलो साता सार्वजनिक हुने मौद्रिक नीतिपछि मुलुकको आर्थिक, बैंकिङ र पुँजी बजारमा सकारात्मक प्रभाव पर्ने धारणा राखेको छलफलमा सहभागी एकजनाले बताए ।

प्रधानमन्त्री देउवाले केहि समय अघि सेयर लगानीकर्ताहरुको भेटमा गभर्नरलाई फोन गरी पूँजी बजारमा देखिएका समस्याहरु समाधान गरिदिन आग्रह समेत गरेका थिए । यसै साता भित्रैमा मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको