Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकका कार्यकारी निर्देशक नै ४-१२ को विपक्षमा

अर्थ संसार

सोमबार, ०२ साउन २०७९, ०८ : २० मा प्रकाशित

राष्ट्र बैंकका कार्यकारी निर्देशक नै ४-१२ को विपक्षमा

नेपाल राष्ट्र बैंकले तयार पारेको आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको  ड्राफ्टमाथि आइतबार बैंकको केन्द्रीय कार्यालयमा छलफल भएको छ । आर्थिक तथा अनुसन्धान विभागले तयार पारेको मौद्रिक नीतिको ड्राफ्ट बैंकको व्यवस्थापन कमिटीमा छलफल भएको हो । 

उक्त छलफलमा केही कार्यकारी निर्देशकले सेयर कर्जामा लगाइएको ४ -१२ करोडको सिमा हटाउनुपर्ने धारणा व्यक्त गरेका छन् । छलफलमा सहभागी एक निर्देशकले भने ‘केहि कार्यकारी निर्देशक ज्यूहरुले सेयर कर्जामा लागेको सिमा हटाउनु पर्ने धारणा राख्नु भएको छ ।’

आईतबारको छलफलमा अनुसन्धान, सुपरीवेक्षण, विदेशी विनिमय व्यवस्थापन र नियमन विभागलगायतका कार्यकारी निर्देशकहरु सहभागी थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको