Like us!
Follow us!
Connect us!
Watch us!

लगातार साताैँ दिन सेयर बजारमा देखियाे सकारात्मक माहाेल, लगानीकर्ता उत्साहित

नेप्से

मंगलबार, ०३ साउन २०७९, १५ : १२ मा प्रकाशित

लगातार साताैँ दिन सेयर बजारमा देखियाे सकारात्मक माहाेल, लगानीकर्ता उत्साहित

आज (मंगलबार) पनि सेयर बजारमा सकारात्मक माहाेल देखिएकाे छ । गत साताकाे मंगलबारदेखि लगातार बढेकाे बजारले आज पनि उकालाे यात्रालाई नै निरन्तरता दिएको हो । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक १६.२० अंकले बढेर २०४५.६३ विन्दुमा पुगेकाे छ । नेप्से ०.८० प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि २.८० अंकले बढेर ३९१.५६ विन्दुमा पुगेकाे छ । 

कूल २१३ वटा कम्पनीकाे ५७ लाख १३ हजार २ सय ४८ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब २९ करोड ९३ लाख १६ हजार ३ सय २६ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर बढेकाे छ ।

 

मंगलबार पनि शिवम् सिमेन्टकाे नै सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे १५ कराेड ९७ लाख ७१ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज इमर्जिङ नेपाल लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीकाे सेयरमूल्य ८.०१ प्रतिशतले बढेर ८ सय ३६ रूपैयाँ पुगेकाे छ ।

यस दिन सिभिल बैंक डिबेञ्चर २०८८ काे मूल्य सबैभन्दा धेरै घटेकाे छ । उक्त डिबेञ्चरकाे मूल्य ७.७५ प्रतिशतले घटेर ९ सय २२ रूपैयाँ ५० पैसामा झरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको