Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार उकालाे यात्रामै, फाइनान्समा बढ्याे लगानीकर्ताकाे आकर्षण

नेप्से

बुधबार, ०४ साउन २०७९, १५ : १० मा प्रकाशित

सेयर बजार उकालाे यात्रामै, फाइनान्समा बढ्याे लगानीकर्ताकाे आकर्षण

आज (बुधबार) पनि सेयर बजारकाे उकालाे यात्रामा निरन्तरता देखिएकाे छ । नेप्से परिसूचक झिनाे अंकले बढ्दा फाइनान्स समूहमा लगानीकर्ताकाे आकर्षण देखिएकाे छ । आज फाइनान्स समूह सबैभन्दा धेरै बढ्दा सर्वाधिक नाफा कमाउनेकाे सूचीमा पनि अधिकांश फाइनान्स कम्पनीहरू नै छन् । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४.८९ अंकले बढेर २०५०.५९ विन्दुमा पुगेकाे छ । नेप्से ०.२४ प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ०.९७ अंकले बढेर ३९२.५० विन्दुमा पुगेकाे छ । 

कूल २१५ वटा कम्पनीकाे ४१ लाख ३३ हजार ७ सय ९ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ७३ करोड १८ लाख ३२ हजार २ सय ७० रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ८ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ५ वटा उपसमूहकाे सेयर घटेकाे छ । सबैभन्दा धेरै फाइनान्स समूह १.९१ प्रतिशतले बढेकाे छ ।

बुधबार पनि शिवम् सिमेन्टकाे नै सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे १६ कराेड ४२ लाख ५९ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीकाे सेयरमूल्य ५.६९ प्रतिशतले बढेर २ सय ६० रूपैयाँ पुगेकाे छ ।

यस दिन लक्ष्मी इक्विटी फण्डकाे मूल्य सबैभन्दा धेरै घटेकाे छ । उक्त फण्डकाे मूल्य ६.३३ प्रतिशतले घटेर ९ रूपैयाँ ६२ पैसामा झरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको