Like us!
Follow us!
Connect us!
Watch us!

पोखरा महानगरपालीका मेयरको सेयरमा लगानी २५ करोड ९९ लाख रुपैयाँ

अर्थ संसार

बुधबार, ०४ साउन २०७९, २० : ५६ मा प्रकाशित

पोखरा महानगरपालीका मेयरको सेयरमा लगानी २५ करोड ९९ लाख रुपैयाँ

पोखरा महानगरपालीकाका मेयर धनराज आचार्यले बुधबार आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक गरिएको सम्पती अनुसार मेयर आचार्यसंग विभिन्न कम्पनीको २५ करोड ९९ लाख ४५ हजार ६ सय १६ रुपैयाँ बराबरको सेयर रहेको छ । 

मादी गाउँपालिकामा रहेको सुपर मादी हाइड्रो र हेवा खोला हाइड्रो पावरका प्रमुख सञ्चालक समेत रहेका आचार्यसमेत संलग्न तमोर जलविद्युत आयोजना निर्माणको चरणमा छ । मेगा बैंक र विगतको सिटी डेभलपमेन्ट बैंकमा मेयर आचार्यको प्रमुख सेयर छ ।

जम्माजम्मी ४३ करोड ६१ लाख ४५ हजार ४५ हजार ६ सय १६ रुपैयाँ बराबरको सम्पत्ति रहेका आचार्यको २ करोड ८५ लाख रुपैयाँ ऋण पनि छ । अहिले ऋणबाहेक ४० करोड, ७६ लाख, ४५ हजार ६ सय रुपैयाँ बराबरको सम्पत्ति सार्वजनिक गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको