Like us!
Follow us!
Connect us!
Watch us!

१२९.११ अंकको वृद्धिपछि नेप्सेमा ५.८७ अंककाे गिरावट, मौद्रिक नीति कुर्दै लगानीकर्ता

नेप्से

विहीबार, ०५ साउन २०७९, १५ : ०१ मा प्रकाशित

१२९.११ अंकको वृद्धिपछि नेप्सेमा ५.८७ अंककाे गिरावट, मौद्रिक नीति कुर्दै लगानीकर्ता

आज (बिहीबार) सेयर बजारमा करेक्सन देखिएको छ । गत साेमबार घटेपछि मंगलबारदेखि सेयर बजार लगातार बढिरहेकाे थियाे । यस अवधिमा नेप्से परिसूचक १२९.११ अंकले बढेकाे थियाे । आज फेरि बजारले ओरालो यात्रा तय गरेको हो ।

यतिबेला लगानीकर्ताहरू माैद्रिक नीति कुर्दै बसेका छन् । नेपाल राष्ट्र बैंकले भाेलि (शुक्रबार) माैद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेकाे छ । अहिलेकाे बजार हेर्दा माैद्रिक नीतिमा कस्ताे नीतिगत परिवर्तन हाेला भनेर लगानीकर्ताहरूले ठाेस निर्णय लिन सकेका अवस्था छैन । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक ५.८७ अंकले घटेर २०४४.७२ विन्दुमा झरेकाे छ । नेप्से ०.२९ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक भने ०.८६ अंकले बढेर ३९१.६४ विन्दुमा पुगेको छ । 

कूल २२५ वटा कम्पनीकाे ३९ लाख ८ हजार ३ सय ९५ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ६४ करोड २६ लाख ४८ हजार ५ सय ८७ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज २ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ११ वटा उपसमूहकाे सेयर घटेको छ । बैंकिङ्ग र अन्य उपसमूहबाहेक बाँकी सबै उपसमूहकाे सेयर घटेकाे हाे ।

 

बिहीबार पनि शिवम् सिमेन्टकाे नै सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे १७ कराेड ८० लाख एक हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् । कम्पनीकाे सेयरमूल्य ३.१६ प्रतिशतले बढेर ३ सय २६ रूपैयाँ पुगेकाे छ ।

यस दिन १२ प्रतिशत आइसीएफसी फाइनान्स लिमिटेड डिबेञ्चर २०८३ को मूल्य सबैभन्दा धेरै घटेकाे छ । उक्त डिबेञ्चरकाे मूल्य ६.७१ प्रतिशतले घटेर प्रतिकित्ता एक हजार ४६ रूपैयाँमा झरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको