Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी बैंककाे नाफामा सामान्य सुधार, ईपीएस कति ?

अर्थ संसार

आइतबार, ०८ साउन २०७९, ११ : ०२ मा प्रकाशित

लक्ष्मी बैंककाे नाफामा सामान्य सुधार, ईपीएस कति ?

लक्ष्मी बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चाैथाे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

उक्त विवरण अनुसार गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्म आइपुग्दा बैंकले १ अर्ब ६० करोड ३५ लाख ७१ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १.७६ प्रतिशतले धेरै हाे । गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब ५७ करोड ५७ लाख ६१ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म बैंककाे खुद व्याज आम्दानी पनि १८.२७ प्रतिशतले बढेर ४ अर्ब ८ करोड ८३ लाख ९६ हजार रूपैयाँ पुगेकाे छ । गत वर्षको यसै अवधिमा बैंककाे खुद व्याज आम्दानी ३ अर्ब ४५ करोड ६८ लाख ४० हजार रूपैयाँ रहेकाे थियाे ।

चाैथाे त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा पनि २.१७ प्रतिशतले बढेर २ अर्ब २८ करोड ४६ लाख ८६ हजार रूपैयाँ पुगेकाे छ । गत वर्ष बैंकले २ अर्ब २३ करोड ६० लाख ८९ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । यसै अवधिसम्म बैंककाे वितरणयोग्य मुनाफा १ अर्ब २५ करोड ५२ लाख एक हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड १३ लाख ४५ हजार रुपैयाँ र जगेडा कोषमा ४ अर्ब २५ करोड ३८ लाख ४ हजार रुपैयाँ सञ्चित रहेको छ । बैंककाे प्रतिसेयर आम्दानी ( ईपीएस) १३ रुपैयाँ ८८ पैसा र प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ६९ पैसा रहेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको